Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मेली स्रष्टाहरूको उत्कृष्ट कोशेली ‘मेची महाकाली’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: उत्कृष्ट लोक गीतहरुको निर्माण गर्दै आइरहेको रेभान्स म्युजिकको नविनतम प्रस्तुति मेची महाकाली म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

वर्तमान परिप्रेक्ष्यमा सर्वोत्कृष्ट लोक गायिका शान्ति श्री परियार संग गुल्मीको शान उपनामले परिचित लोकप्रिय युवा गायक रामचन्द्र चन्दको हृदयस्पर्शी स्वरमा रहेको गीतको संगीत संयोजन चर्चित एरेन्जर विनोद बाजुरालीले गर्नुभएको हो।

सुपर अडियो रहेको गीत जसमा निरन श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन र लोकप्रिय नितिन वाइवाको सह-निर्देशन रहेको छ। सर्जक खिमानन्द खरेलको आफ्नै भाकामा रहेको यस सिर्जनामा लोक सर्जक हेमनाथ खरालको विशेष सहयोगीको भूमिका रहेको छ।

सिंचाई
Forest
Ad.

मुख्य अभिनय लोकप्रिय मोडल विजय पुन र रुविना अधिकारीको रहेको म्युजिक भिडियोको छायांकन राम केसी नेतृत्वको टोलीले गरेको हो। रेभान्स शिवा म्युजिकका सबैखाले प्रविधि अपरेटिङ आइटी विज्ञ राजेन्द्र अर्यालले गर्दै आउनुभएको छ।

रेभान्स म्युजिकको यो नयाँ सिर्जनाले अत्यधिक चर्चा र धेरै भन्दा धेरै लोक संस्कृतिप्रेमी शुभचिन्तकहरुले रुचाउने विश्वास कोरियामा कार्यरत स्रष्टा हेमनाथ खरालले व्यक्त गर्नुभयो। त्यसैगरी लोक गायक रामचन्द्र चन्दले मेचीकाली निर्माणमा टिमले धेरै मेहेनत गरेकोले यो सिर्जना सफल हुने अपेक्षा राखेको बताउनुभयो।

यस म्युजिक भिडियोका निर्माता खिमानन्द खरेलले भन्नुभयो, ‘निकै मेहेनतका साथमा यो सांगीतिक कोशेली निर्माण गरेकोले दर्शक तथा श्रोताको अपार माया पाउने कुरामा आशावादी रहेको छौँ। यसले यहाँहरुको मनमा स्थान बनाउने कुरामा हामी विश्वस्त छौँ। यस म्युजिक भिडियोलाई सकेसम्म धेरै दर्शक तथा श्रोताको माझमा पुर्याउन सक्दो शेयर गर्नुहुन पनि अनुरोध गर्दछौँ।’

खरालले आफ्ना सिर्जना हेर्न र सुझाव तथा प्रतिकृया दिन र सिर्जनाहरु शेयर गरेर धेरै दर्शक तथा श्रोता माझ पुर्याउन सहयोग गर्न पनि आग्रह गर्नुभएको छ।

Awareness by SKF

म्युजिक भिडियोका निर्माता तथा लोक सर्जक खरेल गुल्मीको वामीमा जन्मेर हाल सिंगापुरमा बसोबास गर्दै आउनुभएको छ। आफू विदेशी भूमिमा रहेर पनि मौलिक नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँको योगदान प्रशंसनीय रहेको छ।

आउनुहोस् हेरौँ उक्त गीतको म्युजिक भिडियो:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया