Salime Malika Krishi Farm

Awareness Campaign

एक करोड लगानीमा रेसुङ्गाको काखमा बन्यो आकर्षक तथा भव्य मन्दिर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सुमन महतरा, गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ का सुब्बा बस्नेतकाे निजी लगानीमा रेसुङ्गाकाे काखमा आकर्षक मन्दिर निर्माण भएको छ। गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्न विभिन्न संरचना निर्माण भएका छन्। संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन्।

कैयौं संरचना निर्माण हुँदाहुँदै पनि धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा पर्यटकिय स्थल ओझेलमा छ। तर पनि पर्यटकीय संरचना धमाधम निर्माण हुने गरेका छन्। केहि संरचना राज्यको लगानीमा निर्माण भएका छन् भने केहि निजि व्यक्तिले पनि निर्माण गरेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगेरी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको छ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रेसुङ्गाको काखमा गुल्मीदरवार वडानम्बर ३ निवासी सुब्बा बस्नेतले करिब १ कराेड बढी लगानीमा आकर्षक मन्दिर निर्माण गरेका हुन्। मन्दिर निर्माण भएसँगै त्यस क्षेत्रमा पुग्ने अन्तरिक तथा बाह्य पर्यटक अवलोकनकर्ता पुग्ने गरेका छन्।

सिंचाई
Forest
Ad.

अहिले भँगारी भुवने डाँडा दारेढुङ्गा पनि पर्यटकिय स्थलममा पुग्नेहरुको संख्या पनि वृद्धि भएको छ। पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिरले मनै लोभ्याउने दृश्य बनेको अवलोकनका लागि पुगेका लक्ष्मी थापाले बताइन्। उनले यहाँ धार्मिक महत्वसँगै पर्यटकीय हिसावले पनि राम्रो लागेको बताइन। पर्यटकीय स्थलसँगै मन्दिर पनि बनेको छ भन्ने सुनेर पहिलो पटक आएको अर्का पर्यटक दुर्गा बहादुर थापाले बताए।

ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व वेदपुराणहरुमा समेत उल्लेख छ। त्रेतायुगमा ऋषि श्रृंङ्गेश्वरको तपस्यास्थल रेसुङ्गामा भगवान श्रीराम भेटन जाने क्रममा त्यहि बाटो भएर जानेक्रममा उहाँका पाइलाहरु पछिसम्म रहेको पाइएको त्यहाँका स्थानीय बताउछन्।

ती पाइलाहरुमा एकदशीमा पूजा समेत गरिने गरिन्थ्यो। पछि बाटो विस्तारको क्रममा पाइलाहरु फुटाइएको थियो। अहिले सोहि स्थानमा एउटा व्यक्तिले निजी लगानीमा लाखौ रकम खर्चेर श्रीराम भगवानको मन्दिर निर्माण गरेका हुन्।

मन्दिर निर्माणसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महर्षिहरुका कलात्मक दृश्यहरु पनि निर्माण गरेर चिटिक्क पारिएको छ। मन्दिर तथा पर्यटकीय पार्क निर्माण क्षेत्र रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ। यस क्षेत्रमा निर्माण भएको मन्दिर र यसक्षेत्र रसुङ्गा क्षेत्रसँग धार्मिक महत्व जोडिएर आउछ। यहाँ धार्मिक महत्वसँगै पर्यटकीय महत्वपनि रहेकाले निजी लगानीमा मन्दिर निर्माण गरेको निर्माण कर्ता सुब्बा बस्नेतले बताए।

Awareness by SKF

मन्दिर नजिकै भँगारी भुवने डाँडा (दारेढुङ्गा) पिक्निक पर्यटकिय स्थलमा बस्नको निम्ती विभिन्न प्रकारका विश्रामस्थल सहितका छाताहरु, वनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन्। पर्यटकिय स्थलबाट जिल्लाका विभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा लगायत विभिन्न स्थानहरु समेत देख्न सकिन्छ।

रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ।‌ यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन्। द्वापरयुगदेखि नै सिद्धस्थल बनेको रेसुङ्गा विभिन्न कालखण्डहरु पार गर्दै अहिले सुन्दर पुण्यभूमि बनेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया