Salime Malika Krishi Farm

Awareness Campaign

हजारौंको भिडमा उदाहरणीय गुल्मीकी शारदा, दुग्ध व्यवसायबाट मनग्ये आम्दानी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ।

यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ।

यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्कनुभएको छ गुल्मीको रेसुङ्गा नगरपालिका-८ की शारदा भुसाल। उहाँ विसं २०६३ देखि न्यू मैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बन्नुभएको छ।

सिंचाई
Forest
Ad.

उहाँ आफैँले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ। उहाँले दैनिक तीन सय लिटर दूध बजारमा पुर्याउनुहुन्छ। गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ। शारदाले भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्नुहुन्छ । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उहाँले बताउनुभयो।

गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताउनुभयो । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउने गर्नुहुन्छ।

डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उहाँले मासिक रु एक लाख बचत गर्ने गरेको बताउनुहुन्छ। “जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ”, उहाँले भन्नुभयो, “महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ।” व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाले बताउनुभयो।

किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ।

Awareness by SKF

स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउनुहुन्छ। जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको न्यूमैत्री डेरी उद्योगका सञ्चालक उहाँले गुनासो गर्नुभयो।

शारदाले आफूले सञ्चालन गरेको डेरी उद्योगबाट अहिले प्रत्यक्षरूपमा चार जनाले रोजगार पाउनुभएको छ। दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । दुग्ध डेरीबाट आम्दानी भएको रकम अन्य व्यवसायमा लगानी गर्दै जानुभएको छ।

डेरीबाट भैँसीको शुद्ध दूध बिक्री हुने भएकाले उपभोक्ता पनि निकै सन्तुष्ट हुने गरेको शारदाको अनुभव छ । “मैले आफै व्यवसाय व्यवस्थित र गुणस्तर कायम गरेकी छु”, दूध बेच्दै गरेकी उहाँले भन्नुभयो, “महिला हुनेबित्तिकै परनिर्भर हुने मानसिकता हटाउनैपर्छ।” डेरीबाट किसानलाई मासिकरूपमा दूधको रकम दिँदा किसान झनै सन्तुष्ट हुने गरेका छन।

कृषि र पशुपालनमा प्रेरित गर्नका लागि आफू डेरी उद्योगमा लागेको शारदाले बताउनुभयो। उहाँका श्रीमान नवराज भुसाल पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ। नवराज नेपाल पत्रकार महासङ्घ गुल्मीका पूर्वअध्यक्ष हुनुहुन्छ। -प्रतिक खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया