सुर्खेत: देशका विभिन्न ठाउँका विपन्न एवम् असहाय नागरिकहरुलाई निरन्तर रुपमा सहयोग गर्दै आईरहनुभएका समाजसेवी लिल बहादुर थापाले सुर्खेत जिल्ला भलिबल संघलाई आर्थिक सहयोग गर्नुभएको छ।
बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डिगाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी थापाले भलिबल सघंको लागि कार्यालय फर्निचर प्रयोजनका लागि नगद रु ४९ हजार ४ सय ८३ रुपैयाँ सहयोग गर्नुभएको हो।
उक्त सहयोग रकम समाजसेवी थापाका भान्जा एवम् जिल्ला भलिबल सघं सुर्खेतका कोषाध्यक्ष रविन्द्रजगं शाही ठकुरी मार्फत सहयोग गर्नुभएको हो।
भलिबल खेलको विकासका लागि लागिपरेको संस्थाका लागि थोरै भएपनि कार्यालय सामान खरिद गर्ने र कार्यालयको काम काज सहज तरिकाले सम्पन्न गर्न सहयोग होस् भन्ने हेतुले आफुले सहयोग गरेको समाजसेवी थापाले बताउनुभयो।
केही दिन अगाडी मात्रै उहाँले आफ्नो गृह पालिका खजुरा गाउँपालिका ४ डि गाउँमा सञ्चालित एक खेलकुद प्रतियोगिताका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो। त्यस्तै सोही ठाउँकै एक विपन्न परिवारलाई उहाँले घर निर्माण गरिदिन समेत लाग्नुभएको छ। आफ्नो कमाई समाजसेवामा खर्चिँदै आउनुभएका थापा केही महिना अगाडी नेपाल आउँदा देशका विभिन्न ठाउँका विपन्न र गरिब नागरिकहरुको घरमै पुगेर राहत वितरण गर्नुभएको थियो। -जिटिभी
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







