Smoking Causes Cancer

समाजसेवी सापकोटाद्वारा ज्ञानज्योति आधारभूत विद्यालयलाई सात लाख भन्दा बढीको चन्दा सहयोग



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

कौरव खत्री, गुल्मी: गुल्मी मुसिकोटको ज्ञानज्योति आधारभूत विद्यालयलाई चन्दा सहयोग जुट्दै गएकाे छ।

मुसिकोट नगरपालिका-९, अर्लाङकोट पाँणथोक गुल्मी स्थित ज्ञानज्याेति आधारभूत विद्यालयकाे लागि गुल्मी मुसिकाेट नगरपालिका-९, अर्लाङकोट पाँणथोक गुल्मी निवासी समाजसेवी यादुलाल सापकोटाले विद्यालयलाई ७ लाख, २६ हजार, १ सय, १ रूपैया चन्दा सहयोग गर्नु भएकाे विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो। आँउदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएकाे छ।

सिंचाई
Forest
Ad.

२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार एंवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँ ठाउँमा महाेत्सवकाे प्रचार प्रसार र भेटघाट कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया