Smoking Causes Cancer

गुल्मीमा विद्यालयको पठनपाठन राम्रो नभएको भन्दै ध्यानाकर्षण पत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

विवश विष्ट, गुल्मी: गुल्मीको मदाने गाउँपालिका वडा ४ स्थित मेहेलपोखरी माविमा पठनपाठन प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ। विद्यालयको प्राज्ञिक तथा व्यवस्थापनको कमजोरीका कारण एसईई परीक्षामा कुनै पनि विद्यार्थी उत्तीर्ण नहुँदा विद्यालयका विद्यार्थीहरुको शैक्षिक भविष्य अन्धकार भएको भन्दै बुधबार स्थानिय शिक्षाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन।

ध्यानाकर्षण पत्रमा विभिन्न प्रश्नहरुको जवाफ १५ दिनभित्र दिन विद्यालयका प्रधानाध्यापकलाई भनिएको छ। जसमा शैक्षिक वातावरण, शैक्षिक सामाग्री, सेवा सुविधा, तालिम प्राप्त शिक्षक उपलब्ध हुँदाहुँदै पनि एसईई परीक्षामा असफल हुनुको कारण हो? विद्यार्थीको पढाइ अनुशासन कस्तो छ? यसको जानकारी पाउने अधिकार सम्पूर्ण अभिभावकलाई हुन्छ भन्दै जवाफ गरिएको छ।

यस्तै अधिक विद्यार्थी कमजोर छन् भनी अभिभावकलाइ समयमै जानकारी किन दिइएन? कमजोर विद्यार्थीको शैक्षिक स्थल माथि उठाउने अन्य विकल्प किन सोचिएन? एसईईको नतिजा शून्य भएपछि अन्य तहमा पनि शिक्षाको गुणस्तर खस्किँदै छैन भन्ने आधार के छ? जस्ता जवाफ ध्यानाकर्षण पत्रमा छ।

सिंचाई
Forest
Ad.

यस्तै राजनीतिक पूर्वाग्रह साँधेर नयाँ विद्यालय व्यवस्थापन समिति विगत एक वर्षदेखि गठन हुन नसक्नुको कारण के हो? अभिभावक भेला गरी सक्षम व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको जिम्मा दिन किन सकिएको छैन? कम्प्युटर, कम्प्युटर कक्षा प्रविधिमैत्री शिक्षा र यससँग सम्बन्धित वित्तिय विवरण पारदर्शी गर्न माग गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया