गुल्मी: रेसुङ्गा नगरपालिका वडा नम्बर-५, सिलेखेत पनाह खोलामा एक महिलाको शव फेला परेको छ। आइतबार बेलुका रेसुङ्गा नगरपालिका-६, लप्सीकी ५९ वर्षीय कमला खड्काको शव फेला परेको हो।
खड्का शनिबार दिउँसो ३ बजे रेसुङ्गा नगरपालिका-४, सेउघा स्थित आफ्नो माइतघर जानभनी हिँड्नुभएको थियो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याइँदै गरेको प्रहरीले जनाएको छ। -फाईल तस्विर
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




