गुल्मी: गुल्मी दरबार गाउँपालिकाले आज देखि एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ। शुक्रबार वडा नम्बर एक बलिथुममा गाउँपालिका अध्यक्ष सरोज थापाले उद्घाटन गर्दै शिविरको सुरुवात गरेका हुन।
शिविरको उद्वाटन गर्दै अध्यक्ष थापाले स्थानीय सरकारको अनुभुती हुने गरि जनतालाई घर टोलमै सेवा प्रवाह गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
शिविर बाट ९१ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ३४ वटा व्यवसाय नविकरण, ३४ जना किसानको माटो परिक्षण, ८२ जनाको स्वास्थ्य परिक्षण, ४७ जना किसानलाई पशु औषधि वितरण र १५ वटा योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए।
साथै उपभोक्ता समितिमा आवद्ध भएका ७५ जनालाई प्रशिक्षण समेत दिईएको पाण्डेले उल्लेख गरे। घुम्ती शिविर गुल्मी दरबार गाउँपालिकाका ७ वटै वडामा एक/एक दिन सञ्चालन हुने छ।
आज वडा नम्बर १ बाट सुरु भएको एकीकृत घुम्ती सेवा शिविर पुस १४ गते वडा नम्बर सात अमरअर्बाथोकमा समापन हुनेछ। -गुल्मी अपडेट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







