Salime Malika Krishi Farm

Awareness Campaign

वामी विश्व सम्पर्क मन्च चितवन शाखाद्वारा अतिथि गृह निर्माण गर्ने प्रस्ताव



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णुप्रसाद आचार्य ‘चकित’, गुल्मी: वामी विश्व सम्पर्क मन्च चितवन शाखाले गुल्मीको मुसिकोटस्थित वामीमा अतिथि गृह निर्माण गर्ने प्रस्ताव पारित गरेको छ।

शनिबार बसेको चितवन शाखाको नियमित बैठकले यस्तो निर्णय गरेको नवगठित शिक्षा, स्वास्थ्य, सुचना तथा सन्चार मानविय सेवा उपसमिति सम्योजक दिनेश खातिले जानकारी दिनुभयो ।

बैठकले दिनेश कुमार चुके, हिरामणि खरेल, नेत्रलाल सापकोटा र शिवलाल काफ्लेलाइ सल्लाहकार समितिमा मनोनित गरेको छ। सोहि कार्यक्रममा समितिले बिभिन्न ३ वटा उपसमिति पनि गठन गरेको छ, जसमा शिक्षा, स्वास्थ्य, सुचना तथा सन्चार मानविय सेवा उपसमिति सम्योजक दिनेश खाति, कला, सस्कृति, पर्यटन उपसमिति सम्योजक देविराम लामिछने, कोष सदस्यता तथा कार्यक्षेत्र विस्तार उपसमिति संयोजक नारायण प्रसाद खराल रहनुभएको छ।

सिंचाई
Forest
Ad.

अतिथि गृह निर्माण गर्नका लागि समितिले अन्तराष्ट्रीय समन्वय समिति र स्थानिय मुल समितिसङ्ग आवश्यक सरसल्लाह गरि गुरुयोजना निर्माणसङ्गै काम अगाडि बढाउन चितवन शाखाले पहल गर्न महासचिव रोमाकान्त सापकोटा मार्फत अनुरोध गर्ने निर्णय भएको बताइएको छ।

अतिथि गृह निर्माणपश्चात उक्त भवनमा मन्चको केन्द्रीय कार्यालय समेत रहन सक्नेगरि भवन निर्माणको लागि स्थानिय मुल समितिले सहि स्थानको पहिचान, छनोट र व्यवस्थापनको भुमिका निर्वाह गरि ऐतिहासिक गृह बनाउने सोच रहेको समितिले जनाएको छ।

बैठकमा मन्चका महासचिव रोमाकान्त सापकोटाको प्रमुख आतिथ्यता, शारदा शर्मा पौड्यालको अध्यक्षता र उपाध्यक्ष विक्रम सापकोटाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका मन्चका महासचिव सापकोटालाइ सम्मानसमेत गरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया