Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटले थाल्यो भूमी वर्गीकरणको काम, कहिले खुल्ला जग्गाको कित्ताकाट?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले भु-उपयोग नीतिमा आधारित रहेर नगरभित्र रहेका भूमीको वर्गीकरणको काम सुरु गरेको छ।

कृषियोग्य जग्गा जथाभावी खण्डीकरण हुन थालेपछि त्यसलाई रोकेर व्यवस्थित गर्ने उद्देश्यले सरकारले भू-उपयोग ऐन ल्याएर कुन जग्गा घडेरीको र कुन कृषियोग्य हो भनेर पहिचान गरी जग्गा वर्गीकरण गर्न देशभरका स्थानीय तहलाई दिएको निर्देशन बमोजिम मुसिकोट नगरपालिकाले जग्गाको वर्गीकरणको काम सुरु गरेको हो।

नगरपालिकाले पहिलो चरणमा वडा नं ७ को भूउपयोग क्षेत्रको वर्गीकरण गरिएको छ । जसमध्ये कृषि क्षेत्र र गैह्र कृषि क्षेत्र गरी २ किसिमले जग्गाको वर्गीकरण गरिएको छ । वडा नं ७ भित्र रहेका सम्पूर्ण जग्गा जमिनको भू उपयोगको आधारका क्षेत्र वर्गीकरण गर्न वडा समिति र सरोकारवाला व्यक्ति तथा निकायहरुसगं छलफल गरी भू उपयोग ऐन २०७६ बमोजिमको भू उपयोग कार्यान्वयन समितिको सिफारिसमा विभिन्न आधार, मापदण्ड र ऐनलाई अध्ययन गरी जग्गाको वर्गीकरण गरिएको मुसिकोट नगरपालिकाका अमिन राजु खरालले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

वडा नं ७ को सुदी, सिमर्खा, दरमफाँट र झेँदी फाँटका जग्गाहरु तथा सम्पूर्ण निजि खरबारी, घाँसे मैदान, चरन क्षेत्र र निजि रुख वा झाडी क्षेत्रलाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको छ । त्यस्तै ईस्मालिथान, ढावरोड र जनजागृति प्राथमिक विद्यालय शेरा देखि वडा नं ८ को सिमा क्षेत्रसम्मका जग्गाहरु र भू उपयोग नियमावली २०७९ को अनुसुची १ बमोजिम कृषि क्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण जग्गा जमिनहरु कृषि क्षेत्रमा वर्गीकरणमा परेका छन्।

भने वडा नं ७ को पूर्वमा ढावरोड, काफलटोला, शेरा पश्चिममा परुवा नमुना सामुदायिक वनको सिमाना, उत्तरमा न्वार, ईस्मालिथान र दक्षिणमा राम्चेभिर,जनजागृति प्राविसम्म चौकिला क्षेत्र भित्रका सम्पूर्ण जग्गा जमिन ग्रैह्रकृषि क्षेत्रमा परेका छन् । त्यस्तै एकसय मिटरको अर्धव्यासमा तल्लो उपल्लो बसेँरी टोल, भुवाचिदी वामीटक्सार सडक खण्डको बुँदा १ बाहेकको वडा नं ७ को अन्य क्षेत्र २०० मिटर दायाँबायाँ र अन्य शाखा सडकहरुको दायाँबाया ५० मिटर सम्मको जग्गा ग्रैह्रकृषिमा परेको खरालले जानकारी दिनुभयो ।

यसबाहेक भू उपयोग नियमावली २०७९को अनुसूची १ बमोजिम गैरकृषि क्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण जग्गाहरु, घर,गोठ, मतान, बगैँचा, धार्मिक क्षेत्र आवासीय क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदीनाला, खोल्सी, सिमसार क्षेत्र, सार्वजनिक उपयोगका क्षेत्र रहेका जग्गाहरुलाई ग्रैर कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ।

अमिन खरालका अनुसार वडा नं ७ ले सिफारिस गरेको आधारमा उक्त वडाको जग्गाको वर्गीकरण सम्पन्न भएको र अन्य वडाले पनि सिफारिस गर्ने क्रममा रहेका छन्। सम्पूर्ण वडाहरुबाट आएका सिफारिसका आधारमा ९ वटै वडाको जग्गाको वर्गीकरण सकिने र नगरको भू-उपयोग तथा बर्गीकरण सिफारिस समितीले गरेको भुमीको वर्गीकरणलाई नेपाल सरकारको नापी विभागले स्वीकृत गरेपछि मुसिकोट नगरपालिका भित्रका जमिनको कित्ताकाट खुल्नेछ।

Awareness by SKF

सबै वडाको वर्गीकरणको काम सुरु भएकाले पौष महिना भित्र मुसिकोट नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ने उहाँले बताउनुभयो । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट गर्न भूमिसुधार तथा मालपोत कार्यालयले रोक लगाएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया