Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको कालिका भगवती मन्दिरको आय-व्यय सार्वजनिक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले मन्दिरको मंसिर महिनाको आयव्यय विवरण सार्वजनिक गरेको छ।

समितिका अनुसार, मंसिरमा २६ लाख २२ हजार १ सय ८७ रूपैयाँ आम्दानी भएको छ। भक्तजनले मन्दिरमा चढाएको भेटीबाट १३ लाख ७० हजार ४ सय, चामल बिक्रीबाट २२ हजार ५ सय, बोकाको टाउकोबाट १ लाख ५५ हजार ४ सय ५०, कुखुराबाट ८ हजार ९ सय आम्दानी भएको छ।

यस्तै, ६० राँगोबाट ६ हजार ४ सय ५०, सटर भाडाबाट ३ लाख ३७ हजार ४ सय, भोजस्थलबाट १५ हजार, मन्दिरमा हुने विवाहबाट २० हजार, आर्थिक सहयोग १ लाख १२ हजार २ सय २७ रूपैयाँ, परेवा बिक्रीबाट ५ लाख ६१ हजार ४ सय, ब्रतबन्धबाट ६ सय, पण्डितबाट ११ हजार ८ सय आम्दानी गरेको समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

मंसिर महिनामा स्टेसनरी खर्च ३ हजार, कर्मचारी तलब खर्च ३ लाख ४८ हजार ५ सय, विद्युत खर्च २६ हजार ४० रूपैयाँ, अतिथि सत्कारमा ६० हजार ६ सय, उपहारमा ९ हजार, पुर्वाधार विकास तथा निर्माणमा ४ लाख २९ हजार २ सय १०, नियमित पुजा खर्च ५५ हजार ९० रूपैयाँ खर्च भएको छ।

राजभण्डारीका अनुसार, मेसिनरी तथा उपकरण खरिदमा ६६ हजार ३ सय, खाद्यान्न तथा आवासमा ३७ हजार ३ सय, मर्मत तथा संभारमा १० हजार ७ सय, दैनिक भ्रमण तथा यातायातमा ६७ हजार र इन्धनमा ११ हजार ८ सय खर्च भएको छ। -ढोरपाटन न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया