Salime Malika Krishi Farm

Awareness Campaign

शिक्षक बने विद्यार्थी: जनचेतनाका लागि मिर्गौलाबारे शिक्षकलाई पढाउदै मिर्गौला विशेषज्ञ डा. श्रेष्ठ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रासस, गुल्मी: धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पना कुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकी छन्। शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घरघरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएको उनले बताएकी छिन्।

गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा।श्रेष्ठले गाउँपालिकाका-१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अङ्ग दानसम्बन्धी जानकारी दिइन्। उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःशुल्क प्रत्यारोपण हुन्छ भन्ने गाउँगाउँमा जानकारी नभएकाले शिक्षकमार्फत प्रत्येक घरमा जानकारी गराउन आग्रह गरिन्।

आर्थिक अभावमा मिर्गौलाको उपचार नरोकिने र प्रत्यारोपण गर्न परेमा मिर्गौला दिने र लिने दुई व्यक्ति भएमा पुग्ने उनले बताइन्। डा. श्रेष्ठले शरीरका आठ अङ्ग दान गरेर आठ जनलाई संसार देखाउन सकिने बताइन्। रोगले च्यापेर मृत्यु अवस्थामा पुगेपछि अनिवार्य अस्पतालमा पुर्याउनुपर्ने जनचेतना पनि गाउँगाउँमा आवश्यक रहेको उनको भनाइ छ।

सिंचाई
Forest
Ad.

मिर्गौला विशेषज्ञ डा. श्रेष्ठले मिर्गौला असफल भएका बिरामी गाउँगाउँमा धेरै रहेको र यसको लक्षण पहिले नै नदेखिने भएकाले समयसमयमा जाँच गर्न पनि शिक्षकले विद्यार्थी र विद्यार्थीले घरमा भनेर सबैलाई सचेत गराउन आवश्यक रहेको बताएकी थिइन्।

बाह्र विद्यालयबाट सहभागी शिक्षकले मिर्गौला रोग र अङ्ग दानसम्बन्धी विभिन्न जिज्ञासा राख्नुभएको थियो। वरिष्ठ विशेषज्ञ आएको समयमा अप्रत्यक्षरुपमा गाउँगाउँका सचेतनाका लागि सबै शिक्षकलाई त्यससम्बन्धी शिक्षा दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नयनसिंह ठकुरीले जानकारी दिए। शिक्षकले विद्यालयमा विद्यार्थीलाई आफूले सिकेको कुरा सिकाउँछन्।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै गाउँगाउँमा सचेतना होस् भनेर शिक्षकलाई चिकित्सकमार्फत जानकारी गराएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया