सागर भण्डारी, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ। अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको भवन निर्माणसंगै प्लाष्टरको काम सम्पन्न भएको छ भने झ्याल ढोकाको काम हुँदै छ।
मुसिकोट नगरपालिका-७ वामीटक्सारमा भवन निर्माण कार्य भइरहेको छ । नगरपालिका भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर ब्लक लगाउने, गेट निर्माण, लिफ्ट, वाईरिङ लगायतका काम बाँकी छ। त्यस्तै क्यान्टिनको जग खन्ने काम भईरहेको नगरपालिकाले जनाएको छ।
स्थानीय तह स्थापनाको पहिलो कार्यकालमा शिलान्यास भएको भवनको निर्माण कार्य अब अन्तिम चरणमा पुग्न लागेको मुसिकोट नगरपालिकाका योजना शाखा प्रमुख विष्णु खरेलले बताए।
अहिले अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको कामले तिब्रता पाएको र हालसम्म अधिकांश काम सम्पन्न भइसकेको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताए । निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले आगामी आर्थिक वर्षमा नयाँ प्रशाशकीय भवनबाट सेवा थालनी गर्ने गरी तैयारी भईरहेको जानकारी दिए।
सघींय समपुरक बजेट अन्तर्गत बन्दै गरेको नगरपालिकाको प्रशाशकीय भवन निर्माणका लागि २०७७ साल पुष १७ गते श्रेष्ठ महादेव खिम्ती जे.भि तम्घाससंग ८ करोड ४८ लाख ११ हजार ४ सय २० रुपैयाँमा २०७९ पौष १७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
तर आगामी पौष १७ गतेभित्र सम्पूर्ण निर्माणको काम नसकिने भएकाले म्याद थपको प्रक्रियामा निर्माण कम्पनी रहेको छ। कम्पनीले अहिलेसम्म ६ करोड १५ लाख ३८ हजार १ सय १७ रुपैयाँ भुक्तानी लगिसकेको छ।
निर्माण व्यवसायी हरि कुमार श्रेष्ठले आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गरिसक्ने बताए। २ पटकको कोरोना महामारी, मुल्यवृद्धि, निर्वाचन लगायतका समस्या झेलेर पनि दु्रत गतिमा निर्माणको काम भईरहेको भन्दै यी समस्याका बाबजुद पनि ९० प्रतिशत काम सकिएको जानकारी दिए। रातदिन काम भईरहेकाले जटिसक्दो निर्माण कार्य सम्पन्न गर्ने उनको भनाई छ।
१८ रोपनी क्षेत्रफलमा मुसिकोट नगरपालिकाको मुख्य पूर्वाधारका योजना अन्तर्गत निर्माण हुँदै गरेको प्रशाशकीय भवन जिल्लामै नमुना प्रशाशकीय भवन रहेको छ। प्रशाशकीय भवन लिफ्ट सहितको ४ तले अपागंमैत्री बन्ने बताईएको छ।
भवनको सुरक्षाका लागि ३ तहको कम्पाउण्ड वाल समेत लगाईएको छ। हाल मुसिकोट नगरपालिकाको आफ्नै भवन नहुदाँ वामीटक्सार टारमा रहेको एक निजी भवनमा भाडामा सञ्चालनमा रहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










