कृष्ण अन्जान, गुल्मी: रुरुक्षेत्र-१, बगैंचाका गंगा बहादुर थापाले अचम्म मानेर हेर्दै थिए। उनलाई याे कुरा पत्यार नेै लागेन, पहिले तर कुरा वास्तविक थियाे। रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडा सदस्य घनस्याम ज्ञवाली, शुसिल श्रेष्ठ र वडाध्यक्ष नवराज विक दस बज्दा नबज्दै रिडीबजार झरे र कम्मरमा सेफ्टी बेल्ट बाँधेर बिजुलीका पाेलमा चढेर सडक बत्तिकाे व्यवस्थापन गर्न लागे।
गाउँकाे जनप्रतिनिधि नै बिजुलीका पाेलहरुमा चढ्ने, बिजुली मर्मत गर्ने र समुदायका लागि खट्ने जनप्रतिनिधिकाे कामकाे खटनपटन देख्दा रिडीबजारका गँगा थापा मात्र हाेईन, स्थानीय भरत ज्ञवाली ,राम प्रसाद जाेशी लगाएत दर्जनौँ रिडीवासिहरुले जाेखिम माेलेर घनस्याम ज्ञवालीले गरेकाे काम हेरि मात्र रहेनन गँगा थापाले त अब रुरुक्षेत्र गाउँपालिकामा केही नयाँ हुने आशा पलाएकाे टिप्पणी समेत गरे ।
गत स्थानीय निर्वाचनमा स्थानीय रुरुक्षेत्र १ मा नेकपा एमालेकाे तर्फबाट ९ सय ६७ मत सहित विजयी बनेका घनस्याम ज्ञवाली निर्वाचित भएकै केही दिन मै स्थानीय भट्कुवामा करिब १५ वटा बिजुलीका पाेल ब्यवस्थित गर्न पाेल पाेलमा चढेर काम गरेका थिए ।
पछिल्लो चरणमा त वडाभित्रका विपन्नका घरमा बिग्रेका बिजुली मर्मत गरेर अँध्याराे बस्तिलाई उज्यालो बनाउने काममा जुटेका छन । “जनताले हामीलाई काम गर्न पठाएका हुन, ब्यानर अनुसारका कार्यक्रम भन्दै फाेटा हालेर आफ्नै प्रचारप्रसार गर्न पठाएका हाेइनन। हामीले हाम्रो कामले जनताको सेवा गर्ने र मन जित्ने हाे” उनले भने ।
जनप्रतिनिधि नहुँदा समेत थाेर्गाकाे च्यूरेक र थानपती क्षेत्रमा केबल नेटवर्क मार्फत सन्चार पुर्याएका उनी पछिल्लो समय गाउँमा ईन्टरनेट सेवा विस्तार गर्ने पहिलो व्यक्ति हुन । गज्जब त के छ भने उनकाे घर रहेकाे स्यालपाेखरी क्षेत्रमा वाईफाई सबैका लागि फ्रि छ। जाे काेहि पनि उनकाे घरक्षेत्रमा पुगेपछि माेबाईलमा घाेप्टिएर सामाजिक सन्जालमा व्यस्त रहेकाे भेटिन्छन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







