Smoking Causes Cancer

बुर्तिबाङ्गदेखि बुटवलको लागि छुटेको जिप पाल्पामा दुर्घटना, चार जना घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

रेखिराम राना, पाल्पा: जिल्लाकाे तानसेन-१२, लुहुङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार बाग्लुङ्को बुर्तिबाङ्गदेखि बुटवलको लागि छुटेको लु १ ज १९९३ नम्बरको जिप लुहुङ्को उकालो बाटोमा दुर्घटना भएको हो।

दुर्घटनामा दुई बच्चासहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उकालोमा जिप व्याक गर्ने क्रममा भीरमा ठोक्किएर दुर्घटना भएको स्थानीय युवराज पौडेलले जानकारी दिनुभयो।

घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। हार्थोक–जोर्ते खण्डको बाटो निर्माणका लागि बन्द गरेको अवस्थामा उक्त बाटो भएर जिप तानसेनतर्फ आइरहेको बेलामा दुर्घटना भएको हो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया