Salime Malika Krishi Farm

Awareness Campaign

छोराको जन्मदिनको अवसरमा काफ्ले दम्पतीद्वारा आमा समूहलाई साउन्ड बक्स प्रदान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले अञ्जान, गुल्मी: गुल्मी मुसिकोट नगरपालिका वडा नं ७ काफल्टोला निवासी एक काफ्ले दम्पतीले आफ्नो छोराको जन्मदिनको अवसरमा महिला जागरण आमा समुहलाई साउन्ड बक्स सौजन्य गर्नुभएको छ।

स्व-तोयनारायण काफ्ले र भिमकला काफ्लेका छोरा बुहारी प्रेम/ जुना कफ्लेले आफ्नो छोरा सागर काफ्लेको हिजो बुधबारका दिन परेको शुभ जन्मदिनको अवसरमा महिला जागरण आमा समुहलाइ नगद रु १२५०० बराबरको साउन्ड बक्स सौजन्य गर्नुभएको समुहकी अध्यक्ष बालकुमारी काफ्लेले जानकारी दिनुभयो।

आज भोलि नेपाली समाजमा अनाबस्यक खर्च गरी जन्मदिन मनाउने चलन भित्रिएको छ तर अनाबस्यक खर्च गर्नुको सट्टा हरपल खटिएर सामाजिक कार्यमा लागी परेको आमा समुहलाई सहयोग गर्नुभएकोमा समुहले काफ्ले दम्पती र जन्मदिन परेका सागर काफ्लेको उत्तर-उत्तर प्रगतिको कामना सङ्गै समुहको तर्फबाट शुभकामना ब्यक्त गर्दै काफ्ले दम्पतीलाई धन्यवाद समेत ब्यक्त गरेको समुहकी अध्यक्ष काफ्लेले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

काफ्ले दम्पती र उहँको परिवारबाट यो भन्दा पहिला पनि आमा समुहलाई सहयोग गर्नुभएको बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया