Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट-७ का काफ्लेद्वारा आफ्नो जन्मदिनको अवसरमा श्रीराम मन्दिरमा आर्थिक सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले ‘अञ्जान’, गुल्मी: गुनाखर काफ्ले र भागिरथी काफ्लेका छोरा जनक काफ्लेले बुधबार परेको आफ्नो शुभ जन्मदिनको अबसर पारि मुसिकोट नगरपालिका वडा नम्बर ७ काफलटोलामा रहेको श्रीराम मन्दिरलाई नगद तिन हजार रुपैया सहयोग गर्नुभएको हो।

मुसिकोट नगरपालिका-७, काफल्टोलामा रहेको श्री भगवती प्राविका शिक्षक समेत रहनु भएका युवा काफ्लेले आफु २६ औ वसन्त पार गरी २७ औँ वसन्तमा प्रवेश गरेको सुअवसरमा आफ्नो गाउँमा रहेको श्रीराम मन्दिरमा एक महिनाको पूजा संचालन खर्च बराबरको रकम सहयोग गरेको काफ्लेले बताउनुभएको छ ।

पछिल्लो समय फजुल खर्च गरि जन्मदिन मनाउने चलन भएपनि शिक्षक काफ्लेले भने आफ्नो जन्मदिनको अवसरमा धार्मिक काममा खर्च गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

मन्दिरको पूजा व्यवस्थापनका लागि प्राप्त आर्थिक सहयोग ग्रहण गर्दै पूजा व्यवस्थापन समितिका अध्यक्ष नारायण काफ्लेले जन्मदिन परेका जनक काफ्लेलाई सफलताको शुभकामाना व्यक्त गर्दै उहाँको सम्पूर्ण परिवारको शु-स्वस्थ्य, दिर्घायु र उत्तर उत्तर प्रगतीको कामाना गर्दै सम्पूर्ण श्रीराम मन्दिर परिवारको तर्फबाट धन्यवाद समेत ब्यक्त गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया