कमल पौडेल, खर्बाङ: बडिगाड गाउँपालिका वडा नं. ६, ठूलावेसिंमा मंगलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वडा सदस्य समेत रहेका दुर्गाराज पाइजा घाइते हुनुभएको छ।
मुख र निधारमा गहिरो चोट लागेका पाइजाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा प्राथमिक उपचार पछि थप उपचारको लागि पोखरा पठाउन लागेको श्रोतले जानकारी दिएको छ।
खार बजारबाट भिमगिठे तर्फ जाँदै गरेको बडिगाड गाउँपालिकाको ध १ ब २८० नम्बरको सेतोप्लेटको मोटरसाइकल रोकिराखेको लु १ त ६७४० नंम्बरको ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको प्रहरी चौकी खारले जनाएको छ।
मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घाइतेलाई उपचारको लागि पठाएको प्रहरी सहायक निरिक्षक जित बहादुर मुखियाले बताउनु भएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







