Salime Malika Krishi Farm

Awareness Campaign

अर्घाखाँचीमा महिलाले गरिन् ७७ वर्षीय श्रीमानको घाँटी थिचेर हत्या



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्।

बलबहादुर र लक्ष्मी बिच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए। रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

प्रहरीका अनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर मारेको बयान दिएकी छिन्। श्रीमानको हत्या गरेपछि उनले आफूलाई ‘श्रीमानले कुटपिट गरेको’ भन्दै गाउँमा गुहार मागेकी थिइन्। सार्की दम्पतीले झगडा गर्नु अघि रक्सी सेवन गरेका थिए।लक्ष्मीलाई पक्राउ गरिएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी रिजालले जानकारी दिए। -ग्लोबल आवाज

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया