सुमन महतारा, गुल्मी: ‘महिला स्वास्थ्य स्वयंसेविकाकाे प्रतिवद्धता, स्वास्थ्य प्रवर्दनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ। यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ।
सोहि अवसरमा गुल्मीको इस्मा गाउँपालिकाले स्वयंसेविकालाई सम्मान गरेर याे दिवस मनाएको छ। इस्मा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका भित्र रहेका ६७ जना स्वयंसेविकालाई नै ऊनीको न्यानो पछ्यौरा ओढाएर सम्मान गरेको छ।
गाउँपालिकाभित्र रहेका ६ वटा वडाका ६ जना उत्कृष्ट स्वयंसेविकालाइ उत्कृष्ट स्वयंसेविकाकाे रुपमा पुरिस्कृत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारिले बताए । सम्मानित हुने ६ जना स्वयंसेविकामा वसन्ती खत्री, सरिता विश्वकर्मा, सावित्रा घिमिरे, निरा हिताङ, कालिका कुमाल र पुनकला महत रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रमका सभापति गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले स्वास्थ्यका क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो गाउँपालिकाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेको उनकाे भनाई थियो।
सोहि अवसरमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्य सम्पादनबाट उत्कृष्ट ६ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मानसहित प्रमाणपत्र, उनीको न्यानो पछ्यौरा ओढाएर पुरस्कृत गरिएको पालिकाले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







