Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा लियो क्लवको ६५ औँ स्थापना दिवस मनाईयो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: लियो क्लव अफ गुल्मी सालिमेले हिजो लियो क्लवको ६५ औँ अन्तराष्ट्रिय दिवस मनाएको छ। जन्मोत्सवको अवसर पारेर क्लवले वामी बजारमा विभिन्न सामाजिक सचेतना लेखिएका प्ले कार्ड बोकेर बजार परिक्रमा गरेको थियो।

आत्महत्या, सामाजिक दुर्व्यवहार, बलात्कार तथा अन्य विभिन्न सामाजिक अपराध विरुद्ध सचेतना स्वरुप निकालिएको र्याली वामी बसपार्क स्थित स्मार्ट पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभा कार्यक्रममा क्लवका अध्यक्ष पुजन सापकोटाको अध्यक्षता रहेको थियो। स्थानीय, सुरक्षाकर्मी, क्लवका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण जनसम्पर्क अधिकृत विवेक काफ्लेले गर्नुभएको थियो।

सिंचाई
Forest
Ad.

क्लवका सदस्यहरुले प्लेकार्डमा लेखिएका सामाजिक सचेतनाका विषयमा स्थानीयहरुलाई जानकारी गराएका थिए। सरसफाई आनी बानी, लैंगिक हिंसा, घरेलु हिंसा, बाल श्रम शोषणको अन्त्य गरौँ, साईबर क्राईम, भ्रष्टाचारको अन्त्य, आत्महत्या रोकौँ, जातिय भेदभावको अन्त्य गरौँ, लगायतका प्ले कार्डहरुमा समेटिएको थियो।

यो पनि: वामीटक्सार बजारलाई शान्त र सफा बनाउन लियो क्लब अफ गुल्मी सालिमेको अभियान

सो अवसरमा स्थानीय व्यवसायी तथा समाजसेवी डिलाराम खरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै क्लवको प्रगतीको कामना गर्नुभएको थियो। झण्डै ४ महिना अगाडी मात्रै गठन भएको क्लवले सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ।

Awareness by SKF

क्लवले केही समय अगाडी वामी बजारका मुख्य चोक तथा भीडभाड हुने स्थानमा फोहोर राख्ने डस्बिन, ट्राफिक सचेतना र ठाउँ जनाउने बोर्डहरु राख्नुका साथै सडक ऐना समेत राखेको थियो।

यो पनि: सडक दुर्घटना न्यूनिकरण गर्न लियो क्लव अफ गुल्मी सालिमेले राख्यो सडक ऐना

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया