Salime Malika Krishi Farm

Awareness Campaign

सडक र धार्मिक पर्यटन प्रवर्द्धनमा रुरुक्षेत्र गाउँपालिका-१ को जोड



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रिडी: रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले संघ र प्रदेश संगको समन्वयमा वडा भित्र ठुला योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउने र ती योजनाहरुको दिगो कार्यान्वयनका लागि पहल गर्ने बताईएको छ।

मुख्य रुपले सडकलाई प्राथमिकता राख्ने च्यूरेकको जोईका पोखरी, चितपाने, ठाडाबाट, खनिडाँडा, पैरा हुँदै सालविसाउना स्यालपोखरी खण्डको एस मोड सम्म स्तरोन्नति गर्ने, यसै गरि भट्कुवा जोड्ने फलाँटे, रह ,सालिपोखरी सम्मको लिँक रोडलाई स्तरोन्नति हाम्रो प्राथमिकतामा छ रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने । यसैगरी च्यूरेकको झ्वाँलेमा ओेैधोगिक ग्राम पनि हाम्रो योजना भित्र छ भने रुरुखेल मैदानलाई क्षेत्रिय स्तरको खेल मैदानको रुपमा विकास गर्ने लक्षका साथ काम भईरहेको वडाध्यक्ष विक ले भने।

वडाको समग्र विकास सँगै धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर रिडीबजार क्षेत्रका मठ मन्दिर सँरक्षण सम्बर्द्धन र पुनर्निर्माणमा पनि हाम्रो ध्यानाकर्षण भएको छ र सोहि अनुरुप काम शुरु गरिएको वडाध्यक्ष विकले भने रिडीबजारको आकर्षणको रुपमा रहेको गलफुल क्षेत्रको सँरक्षणको काम भईरहेको छ भने कालीगण्डकी क्षेत्रको घाटको व्यवस्थित गर्ने काम पनि वडाले गर्ने उनले बताए ।

सिंचाई
Forest
Ad.

स्वच्छ सफा हाम्रो रिडी भन्ने मुल नाराका साथ रिडीबजारको फोहोर व्यवस्थापन को काम भईरहेको र केही समयमै डम्पिङ साईटको निर्माण पछि समस्या समाधान उन्मुख रहेको सँगै रिडी खोला र काली गण्डकीमा फोहर नफाल्न समुदायलाई सचेत गराईएको वडाध्यक्ष विकले भने ।

यतिबेला वडा भित्रका साना योजनाहरुको निर्माणका लागि उपभोक्ता समूह सँग सम्झौता भई काम शुरु हुन लागेको र यसमा सडक, खानेपानी, शिक्षा, सामुदायिक भवन, सिँचाइ कुलो मर्मत सँरक्षण, विधुतका क्षेत्रमा रिडी, च्यूरेक र भट्कुवामा दुई दर्जन योजनाको सम्झौता सम्पन्न भईसकेको विकको भनाई छ ।

पछिल्लो समय रुरुधाममा तिनमुखे पुलको निर्माण कार्य सम्पन्न भईसकेपछि आन्तरिक र वाह्य पर्यटकको आगमन बढे सँगै ठुला होटल र रिसोर्ट निर्माणका लागि वडा न १ को च्यूरेक क्षेत्रमा संभाव्यताको अध्ययन र लागानीका लागि निजि क्षेत्रलाई प्रोत्साहन पनि वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष नवराज विकले बताए। -ग्लोबल आवाज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया