Salime Malika Krishi Farm

Awareness Campaign

न्वागी मेलामा आयोजित भलिबलको उपाधी वामीको कालिकालाई



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: न्वागी मेलाको अवसरमा बागलुङको बडिगाड गाउँपालिकामा आयोजित भलिबल प्रतियोगिताको उपाधि कालिका ट्रेनिङ सेन्टर वामी गुल्मीले जितेको छ।

मंसिर १० गतेदेखि सुरु भएकोे न्वागी मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा बडिगाड-६, छिसफाटलाई २५-१९, १७-२५, २५-२३, २२-२५ र १६-१४ को सेटमा पराजित गर्दै कालिकाले उपाधि जितेको होे।

कालिका ट्रेनिङ सेन्टर वामीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता बडिगाड-६ छिसफाटले ८८ हजार ८ सय ८८ रुपैयाँ, कप, मेडल र प्रमाण पत्रमा चित्त बुझायो।

सिंचाई
Forest
Ad.

यस्तै, प्रतियोगिताको वेष्ट सर्भरमा छिसफाटका सुनिल घर्ति मगर, वेष्ट लिफ्टरमा कालिकाका सुजन चोखाल र बेष्ट स्पाईकरमा छिसफाटका विजय थापा मगर पुरस्कृत भए। -ढोरपाटन न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया