मेघु कंडेल, गुल्मी: गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका हर्दिनेटा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ। छत्रकोट गाउँपालिका वडानम्बर-३ मा बन्न लागेको भवनको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले शिलान्यास गरेका हुन्।
भवन शिलान्यास गर्दै पालिका अध्यक्ष पाण्डेले आफुले निर्वाचनको बेला गरेका वाचाहरु क्रमिक रुपमा पुरा गर्दै जाने बताए । उनले यस स्वास्थ्य चौकीको भवन लाई तोकीएको समयमै निर्माण कार्य सकाउन निर्माण कम्पनी लाई निर्देशन समेत दिए।
करिव १ करोड़ ७० लाख लागत रहेको यस आयोजनाको कार्य अवधि डेढ वर्ष रहेको छ । भवनको निर्माण रेसुंगा दर्शन कन्ट्रक्शनले जिम्मा पाएको छ।
यस स्वास्थ्य चौकीको लागी आवश्यक जग्गा छत्रकोट-३ का वडाध्यक्ष तेजकान्त अर्यालले आफ्नै बारी निःशुल्क रुपमा प्रदान गरेका हुन्। भवन शिलान्यास कार्यक्रममा कार्यक्रममा उपाध्यक्ष सावित्रा ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत विरवहादुर पुन, वडानम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्याल , वडानम्बर ६ का वडाध्यक्ष नारायण रेश्मी, कार्यपालिका सदस्य देवकी पन्थ, वडाका जनप्रतिनिधी, पार्टी प्रतिनिधी, स्वास्थ्य चौकीका कर्मचारी लगायत विभिन्न सरोकारवाला निकायहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो। -गुल्मी अपडेट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







