Smoking Causes Cancer

गाउँपालिकाको बदनाम गर्न खोज्ने महालेखाका कर्मचारीलाई कारवाही गर्न अध्यक्ष पोख्रेलको माग



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: पूर्वाग्रही तरिकाले पेश गरेकाे प्रतिवेदन बनाउने कर्मचारीलाई कारवाहीकाे माग गर्दै महालेखामा उजुरी परेकाे छ। गुल्मीको धुर्काेट गाउँपालिकाका प्रमुख भुपाल पाेखरेलले महालेखा परीक्षकका कृष्ण रेग्मी विरूद्ध उजुरी दिएका हुन्।

गाउँपालिकाकाे आ.व. ०७७/७८ काे लेखा परीक्षण गर्दा रेग्मीले विभिन्न व्यवसायीक फर्मबाट अध्यक्ष तथा उपाध्यक्षका लागि व्यक्तिगत प्रयाेगमा आउने दाल, चालम र तरकारीबापतकाे रकम सात लाख एकानब्बे हजार नियमसंगत नभएको भन्ने प्रतिवेदन लेखिएकाेमा पालिकाले भने उक्त रकम अध्यक्ष/उपाध्यक्षकाे लागि नभइ कार्यालयमा आउने सेवाग्राही र कर्मचारीकाे लागि खर्च भएको पालिकाले जनाएको छ।

त्यसकारण स्थानीय तह र जनप्रतिनिधिकाे बदनाम गर्ने उदेश्यले तथ्यहीन प्रतिवेदन लेख्ने कर्मचारीलाई कारवाही गर्न पाेखरेलले माग गरेका छन्। आफुहरू गाउँपालिकामा निर्वाचित भएदेखि नै नियम र कानुनकाे अधिनमा रही काम गरेकाेले आगामी दिनमा पनि कानुनभन्दा बाहीर गएर काम नगर्ने पाेखरेलले बताए।

सिंचाई
Forest
Ad.

हेराैँ, धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पाेखरेलले दर्ता गराएकाे पत्र:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया