Salime Malika Krishi Farm

Awareness Campaign

रामकुमारी झाँक्रीले दिइन् गोकर्ण विष्टलाई बधाई



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी क्षेत्र नम्बर २ मा चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई नेकपा एकीकृत समाजवादीबाट सोही क्षेत्रमा उम्मेदवार रहेर पराजित भएकी रामकुमारी झाक्रीले बधाई दिएकी छन्।

‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना,’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्, ‘गुल्मीको समग्र विकास र समृद्धि यात्रामा म सधैं साथमा रहनेछु।’

उनले निर्वाचन आफ्ना लागि रोमान्चक रहेको पनि बताएकी छन्।

सिंचाई
Forest
Ad.

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डर लाग्दो छ।’

उनले जय र पराजय सामान्य प्रक्रिया भएको र अत्यन्तै सहज रूपमा लिएको बताएकी छन्।

‘मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैं ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ताहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, स्वयम सेवक र पत्रकार, समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।’

यहाँ एमाले उम्मेदवार गोकर्ण विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर चुनाव जितेका छन् भने झाक्रीले २६ हजार ४ सय ४२ मात्रै ल्याएकी छन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया