गुल्मी: गुल्मीको सत्यवती गाउँपालिका, ठुलाेलुम्पेक कुडडाँडामा जिप दुर्घटना भएको छ। दुर्घटनामा ५ जनाकाे मृत्युु र ५ जना घाईते भएका छन।
घाईतेलाई उपचारकाे लागि पाल्पा पठाईएकाे पत्रकार कविराज भुषालले बताउनु भयो। रिडीबाट घर फर्कने क्रममा राती करिब ३ बजे दुर्घटना भएकाे बताईएकाे छ।
अपडेट: ठुलोलुम्पेकदेखि स्थानीय कुढडाडा जाँदै गरेको लु ३ च ५३४० जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा जिपधनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी ४७ वर्षका रन बहादुर सिजापति, २५ वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए।
दुर्घटनामा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिङजाली, ४९ वर्षीय गिर बहादुर राहादी र खन्डन सोमै घाइते भएका छन। उनीहरुको पाल्पामा उपचार भइरहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







