Smoking Causes Cancer

चर्चित कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता अधिकारकर्मी महावीर विश्वकर्माको निधन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

चितवन: सञ्चारकर्मसँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान निधन भएको छ। चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता विश्वकर्माको दुर्घटनामा परी आज बिहान निधन भएको हो।

मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व-पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका-६, भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो।

सोही माइक्रोबसमा रहेका ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते भएका थिए । उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

सिंचाई
Forest
Ad.

महावीर विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता थिए । उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए।

सो दुर्घटनामा माइक्रोबसका चालक २६ वर्षीय शंकर चौधरीको बायाँ खुट्टा र नाकमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको डीएसपी पण्डितले बताए। अन्य चारजनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए। -इकान्तिपुर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया