Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी-२ मा ५८ हजार खस्यो मत



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दुई पूर्वसहकर्मीबीच भइरहेको प्रतिस्पर्धामा गुल्मी क्षेत्र नम्बर २ मा ५८ हजार ७५९ मत खसेको छ।

एमालेका गोकर्ण विष्ट र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्री उम्मेदवार बनेको यस क्षेत्रमा ५८ हजार ७५९ मत खसेको हो।

जसअन्तर्गत रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, मुसिकोट नगरपालिकामा १२ हजार ९२६, धुर्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिका १० हजार ९२, मदाने गाउँपालिका ९ हजार ३८३ र इस्मा गाउँपालिका १० हजार १९३ मत खसेको हो।

सिंचाई
Forest
Ad.

यस क्षेत्रमा १ लाख ४ हजार ३२७ मतदाता छन्। यसरी हेर्दा यस क्षेत्रमा ५६ प्रतिशत मत खसेको छ।

मुख्य प्रतिस्पर्धी मानिएका गुल्मी–२ का दुई नेता यसअघि एकअर्काका सहयात्री थिए। २०७४ को निर्वाचनमा झाँक्री विष्टको चुनावी सहयात्री बनेकी थिइन्। यस क्षेत्रबाट यसअघि विष्ट नै निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया