Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा कुन-कुन मतदान केन्द्रबाट मतदान गरे उम्मेदवारहरुले? हेर्नुहोस्



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्ला सहित देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भएको छ। मुख्य दलका शीर्ष नेता, अरु नेता र उम्मेदवारहरुले पनि आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

एमाले सचिव गोकर्ण विष्टले गुल्मीमा मतदान गरेका छन् । इस्मा गाउँपालिका- ४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयबाट उनले मतदान गरेका हुन्।

गोकर्ण विष्टकै क्षेत्र बाट नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले पनि मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । गुल्मी-२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् भने विष्ट यस क्षेत्रका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसद समेत हुन्।

सिंचाई
Forest
Ad.

त्यस्तै निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारद्वय चन्द्र भण्डारी र प्रदिप ज्ञवालीले पनि आ-आफ्नो मतदानकेन्द्रमा पुगेर मतदान गरेका छन् । गठबन्दनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारीले आफ्नो जन्मस्थान छत्रकोट गाउँपालिका हुँगा स्थित जनजागृती माबी मतदान केन्द्रवाट मतदान गरे । सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेकाका उम्मेदवार प्रदिप ज्ञवालीले पनि आफ्नो गृहजिल्ला गुल्मीबाट मतदान गरेका छन् । उनले आज रुरुक्षेत्र-४ चौतारा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

अघिल्ला निर्वाचनमा पनि गुल्मी–१ मा भण्डारी र ज्ञवाली नै प्रतिस्पर्धा हुने गरेको थियो । २०७४ को चुनावमा पनि ज्ञवाली र भण्डारी नै प्रतिस्पर्धामा थिए । त्यसबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । एमालेका ज्ञवालीले चुनाव जितेका थिए।

यस पटक भण्डारीलाई सत्तारूढ गठबन्धनको साथ छ । सत्तारूढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा छन् । त्यसबाहेक लोसपाले पनि गठबन्धनलाई साथ दिएको छ। -गुल्मी न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया