Smoking Causes Cancer

समाजसेवी थापाले बेसहारा लिलावतीको घर बनाईदिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: आफुले कमाएको धन दुःखी गरिब र बेसहाराहरु प्रति समर्पित गर्दै आईरहनुभएका समाजसेवी लिल बहादुर थापाले सहाराविहिन लिलावती खत्रीलाई घर निर्माण गरिदिनुहुने भएको छ।

बाँकेको खजुरा गाउँपालिका-४, डिगाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीको शिलशिलामा संयुक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी थापाले आफ्नै गाउँमा श्रीमानले छाडेपछि सहाराविहिन बनेकी खत्रीको घर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

माईतीले दिएको सानो झुपडीमा बस्दै आउनुभएकी खत्रीलाई व्यक्तिगत खर्चमा सोही ठाउँमा नयाँ घर बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

शनिवार खत्रीको घरमा पुगेर उहाँको अवस्थाको बारेमा जानकारी लिएपश्चात समाजसेवी थापाले लगत्तै आफु अमेरिकामा गएपश्चात पुषबाट नै घर निर्माणको काम सुरु गर्ने बताउनुभयो। श्रीमानले छाडेपछि जेनतेन छोराछोरीको लालनपोषण गर्दै आउनुभएकी खत्रीले घर निर्माण हुने कुराले खुसी लागेको बताउनुभयो।

“वर्षा याममा घर चुहिएर बस्ने अवस्था थिएन, आफै बनाउन त के घर मर्मत गर्न सक्ने अवस्था समेत छैन्, खत्रीले भन्नुभयो- बस्ने बास भयो भने त सन्तान राम्ररी पालुलाँ।”

समाजसेवी थापाले केही दिन अगाडी मात्रै बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ मा ओडारमा बसेका जुना दमाईको परिवारलाई समेत एकल खर्चमा घर निर्माण गरेर हस्तान्तरण गर्नुभएको थियो। थापाले देशका विभिन्न ठाउँमा रहेका असहाय, विपन्न, गरिब तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ।

अमेरीकामा कमाएको पैसा देशका विपन्न नागरिकहरुलाई सहयोग गर्दै आउनुभएका थापालाई गुल्मीमा जिटिभि नेपाल लगायतका विभिन्न सघंसंस्थाले सम्मान समेत गरेका थिए।

Awareness by SKF

समाजसेवी थापाले जिटिभि नेपाल गुल्मी मार्फत प्रसारित कार्यक्रम सघंर्षका कथामा उठाईएका भुँईमान्छेका कथाहरु हेरेर सहयोग गर्दै आउनुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया