मुसिकोट: लियो क्लव अफ गुल्मी सालिमे मुसिकोट-७, वामीटक्सार गुल्मीले सडक दुर्घटना कम गर्ने उद्देश्यले सडक ऐना राखेको छ।
क्लवले वामीटक्सार तल्लो बजार स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको अगाडी पट्टी घुम्टीमा सडक ऐना राखेको हो। उक्त ठाउँ दुर्घटनाको दृष्टिले अत्यन्तै खतरा रहेकाले सडक ऐना राखिएको क्लवका अध्यक्ष पुजन सापकोटाले जानकारी दिनुभयो।

२ महिना अगाडी मात्रै गठन गरिएको क्लवले पहिलो कार्यक्रमको रुपमा केही दिन अगाडी बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्टबिन राखेको थियो।
तिहारमा खेलिएको दैउसी भैलोबाट सकंलित रकमबाट सडक ऐनासगैं अन्य सामाजिक कार्यहरु गरिएको क्लवका जनसम्पर्क अधिकृत विवेक काफ्लेले बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







