गुल्मीः चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बाला चतुर्दशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले र विगतका वर्षहरुमा पनि पालिकाबाट दिँदै आएको बिदालाई निरन्तरता दिँदै सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए।
सो दिन पालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। -खबर मार्केट
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







