Clean Water Campaign

Awareness Campaign

कालोपत्रे भएको १५ दिन नपुग्दै सडक बिचमा उम्रियो घाँस



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: ‘सम्पूर्ण देवदहवासीको एउटै पहिचान, सुशासनयुक्त र भ्रष्टाचारमुक्त देवदह अभियान’ भन्ने नारा बोकेको जनपक्षीय संयुक्त संयन्त्र देवदहले देवदहमा भैरहेको विकास निर्माणकार्यको अनुगमन गरेको छ। देवदह नगरपालिकाले गर्ने हरेक कामहरुको पारदर्शिता, गुणस्तर र जनमुखी बनाउनका लागि गठन गरिएको संयन्त्रले सडक कालोपत्रे योजनाको अनुगमन गरेको हो।

अनुगमनका क्रममा देवदह ५ को कलुवा देखि शान्तिटोल हुँदै लोकमार्ग जोड्ने सडकमा गरिएको कालोपत्रेमा चरम लापरबाही भएको पाइएको संयन्त्रका सल्लाहकार टंक पोखरेलले बताए । सडक कालोपत्रे गर्दा मापदण्ड नपुर्याएको,कालोपत्रे भएको १५ दिन नपुग्दै सडकको बिच भागहरुमा घाँस उम्रीएको पाइएको पोखरेलले बताए।

सडक कालोपत्रेको क्रममा लापरवाही भएको गुनासो आएको विषयमा देवदह नगरपालिकाका नगर प्रबक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रेसङ्ग बुझ्दा सडक कालोपत्रेका क्रममा निर्माण कम्पनीले मापदण्ड पुर्याएको छ कि छैन, अनुगमन गरेर कमजोरी पाइएको खण्डमा भुक्तानी रोकिने र सडक पुननिर्माण गर्नका लागि निर्देशन दिइने बताए।

सिंचाई
Forest
Ad.

स्थानीयले कालोपत्रे गुणस्तरीय नभएको गुनासो गरे पछि नगरपालिकाका इन्जिनियरको टोलि सहित संयन्त्रले अनुगमन गरेको थियो। संयन्त्रले देवदह ९ को घोडाहा खोलामा बन्दै गरेको तटबन्ध, देवदह ७ स्यालबुके चोकदेखि देवदह ८ पिपरैयासम्म जोड्ने निर्माणाधीन सडक लगायत देवदहमा भैरहेका विकास निर्माणकार्यको अनुगमन गरेको संयन्त्रका सचिव धन बहादुर अधिकारीले बताए। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया