Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी-२ मा एक्लै मत माग्दै पाण्डे



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: काँधमा राष्ट्रिय झन्डा, शिरमा भादगाउँले टोपी। अगाडि–पछाडि भोट माग्ने कार्यकर्ता पनि छैनन् । एक्लै भोट माग्न सर्वसाधारणको भीड जता छ, उतै लाग्छन् । घरदैलोमा पनि प्रायः एक्लै देखिन्छन् गुल्मी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदमा हाम्रो नेपाली पार्टीका उम्मेदवार रामलाल पाण्डे।

रेसुंगा नगरपालिका-१ निवासी ४९ वर्षीय पाण्डेले प्रमुख राजनीतिक दलका उम्मेदवारका विरुद्धमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । ‘बीसौं वर्षसम्म राजनीति गरे पनि समाजमा रूपान्तरण नभइसकेपछि जनता एकदम उकुसमुकुस भएको देखेँ,’ उनले भने, ‘जनता एकदमै रिजर्भमा छन्, उनीहरूले विकल्पमा भोट हाल्ने उपयुक्त पात्र भेट्टाएका छैनन्, त्यही विकल्प दिन मैले उम्मेदवारी दिएको हुँ।’

सदरमुकाम तम्घासको महेन्द्र माविमा १२ वर्ष शिक्षण पेसा गरेका उनले कान्तिपुर दैनिकमा ६ वर्ष गुल्मी संवाददाताका रूपमा काम गरेका थिए । लौरो चुनाव चिह्नमार्फत चुनावी घरदैलोमा व्यस्त पाण्डे विद्यार्थी जीवनमा नै सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले आफूले बच्चादेखि वृद्धसम्मका व्यक्तिको मनोभावना बुझेर काम गर्न सक्ने बताए।

सिंचाई
Forest
Ad.

‘मैले स्कुल पढ्दादेखि नै स्काउटको विद्यार्थीका रूपमा सामाजिक काम गरें, सहकारी आन्दोलनमा दुई दशकदेखि सहकारी अभियन्ताका रूपमा सक्रिय छु,’ उनले भने, ‘हरेक व्यक्तिको समस्यालाई नजिकबाट नियालेको छु, मैले मन जितेर काम गर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ ।’ उनले आफ्नो उम्मेदवारीले मतदातामा उत्साह बढेको दाबी गरे । ‘विकल्पको खोजी गरिरहेका मतदाताले मलाई मत दिन्छन्,’ उनले भने।

५ वर्ष बेलायत बसेर नेपाल फर्केका पाण्डेले युरोपियन विकास मोडेलको सूक्ष्म अध्ययन गरेको पनि बताए। मोटो रकम खर्च गरेर चुनाव जित्ने परिपाटी अन्त्य गर्न पनि आफू एक्लै भोट माग्दै हिंड्ने गरेको उनले सुनाए। -ईकान्तिपुर डट कमबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया