मनोज कार्की, गुल्मी: आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिए संगै गुल्मीमा पनि चुनावी सरगमी बढेको छ। यतिबेला राजनितिक दलका उम्मेदवार तथा कार्यकर्ता भोट माग्न मदताताको घरदैलो देखि खेतबारीमा पुगिरहेका छन्।
अघिल्ला सनर्वाचनमा नेताले जनतालाई दिएका आश्वासन पुरा नहुदाँ यसपटकको निर्वाचनमा मतदाता खासै उत्साहित देखिदैंनन्। तर पनि आफ्नो हातमा जित ल्याउन राजनितिक दलका उम्मेदवार र कार्यकर्ता मतदातालाई सक्दो रिजाउने प्रयासमा छन् । प्रतिनिधि को संघिय निर्वाचनमा पहिले सहयोद्धा, अहिले प्रतिस्पर्धी दुई चर्चित नेताको उम्मेदवारीले गुल्मी क्षेत्र नं. २ मा निकै प्रतिस्पर्धा र रोचक हुने देखिएको छ।
यस क्षेत्रमा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादिकी केन्द्रीय सचिव रामकुमारी झाँक्री यो निर्वाचनमा कडा प्रतिस्पर्धीका रुपमा उभिएका छन् । कुनै बेला गोकर्ण विष्टको लागि नै मत माग्न हिडेकी झाँक्री अहिले उनैको प्रतिस्पर्धी बनेर चुनाबी मैदानमा होमिदाँ कुन उम्मेदवारलाई मत दिने बिषयमा मतदाता समेत अन्योल छन् । यस क्षेत्रलाई केन्द्र देखि नै महत्वका साथ हेरिएको छ । साझा गठबन्धन कि उम्मेदवार झाक्रीँ २०७४ सालको चुनावमा नेकपा एमालेबाट समानुपातिबाट सांसद भएकी थिइन् । जनताले सांसद बनाएर पठाएपनि आफ्नो क्षेत्रको विकास र मतदातालाई दिएका प्रतिवद्धता समेत भुलेर काठमाडौंमानै बसेको केहि मतदाता गुनासो छ।
एमाले पार्टी विभाजनपछि अझ चर्चामा आएकी रामकुमारी केहि समय शहरी विकास मन्त्री भएकी थिइन् । आफु मन्त्री हुदाँ गुल्मी जिल्लासंगै देशको विकासका निम्ती थुप्रै पहल गरेको र यस पटकको निर्वाचनमा आफूलाई मतदाताले भारी मतले जिताउने झाक्रीँ बताउँछिन् । गुल्मीको क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमध्ये सबभन्दा बलियो कांग्रेस छ । अहिले आफ्नो प्रतिस्पर्धि गोकर्णराज विष्ट हुदाँ आफुहरुको मित्रवत प्रतिस्पर्धा हुने झाँक्रीको भनाइ छ ।
अनेरास्ववियुबाट स्थापित झाँक्री पहिलो पटक ५ दलिय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पहिलो महिला उम्मेदवार बनेकी छन् । तर उनले सोचेँ जति सजिलो भने छैन् । किनकि नेकपा एमालेका सचिव तथा यस क्षेत्रका उम्मेदवार गोर्कणराज विष्ट २५ बर्षदेखि यहि क्षेत्रमा छन् । झाक्रीँ आवद्ध एकिकृत समाजबादी पार्टी गुल्मीमा कमजोर देखिन्छ । सम्पन्न स्थानिय तहको निर्वाचनमा एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र रहेको छ । एकीकृत समाजवादीको मत खासै धेरै नरहेकोले निर्वाचित हुनको लागि कांग्रसकै भर पर्नुपर्ने देखीएको छ।
केहि समय अगाडी एक कार्यक्रमका विच एकीकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष र इन्चार्ज लगाएतका नेताहरु एमालेमै फर्किएका छन् । यसले झाँक्री र पार्टीलाई ठूलै झट्का लागेको छ । लामो समय राजनीति गरेपनि आफू मन्त्री हुदाँ देखिनेगरी काम गरेको बताउदै झाक्री अहिले मतदाताको मन जित्ने कोशिशमा छिन्।
२०५६ देखि चुनाव लडेका विष्टको प्रतिनिधिसभामा यो पांचौ पटकको उम्मेदवारी हो । एमाले नेता विष्ट २०६४ सालमा माओवादी नेता चन्द्र थापा सागर संग पराजित भएका थिए । विष्ट ०६४ बाहेक ३ पटकका निर्वाचनमा भारी मतले विजयी प्राप्त गर्दै आएका छन् । एमाले नेता विष्ट उर्जामन्त्री र श्रम तथा रोजगार मन्त्री बन्दा राष्ट्रिय रुपमा चर्चा कमाएका विष्टले गुल्मी–२ मा सडक संरचना एवं पूर्वाधार विकासमा थुप्रै काम गरेका आधारमा जित्ने दाबी गर्दछन् ।
एउटै दलबाट विभाजन भएका दुई उम्मेदवार फरक एजेण्डा बोकेर भोट माग्दै आउँदा मतदाता कसलाई मत दिने अन्योलमा छन् । गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३ सय ७ मतदाता छन्। यसपटकको निर्वाचनमा जित कस्ले हात पार्ने त्यो भने मंसिर ४ ले बताउने छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










