Salime Malika Krishi Farm

Awareness Campaign

मालिकामा तुलसी स्मृति युवा क्लबले आयोजना गरेको एकादशी मेला सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: तुलसी स्मृति युवा क्लबद्वारा मालिका गाउँपालिका-२ मा आयोजित एकादशी मेला विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमहरू सहित भव्यतापूर्वक सम्पन्न भएको छ।

गत कार्तिक १५ गते उद्घाटन गरिएको कार्यक्रमको समापन १९ गते समापन गरिएको हो। मेला संयोजक मनोज घर्ती रहनुभएको थियो। कार्यक्रम अवधिभर दर्शकको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ।

मेलामा खुल्ला भलिबल प्रतियोगिता, देउसी भैलो, एकल नृत्य प्रतियोगिता र राष्ट्रिय कलाकार विष्णु खत्री लगायत दर्जनौँ स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले गर्नुभएको थियो भने विशिष्ट अतिथिको रुपमा मालिका गाउँपालिका-२ का वडाध्यक्ष विनोद श्रीसको उपस्थिति रहेको थियो।

सिंचाई
Forest
Ad.

खुल्ला भलिबल प्रतियोगिता तर्फ बडिगाड गाउँपालिका-५, बागलुङ प्रथम भयो भने मालिका गाउँपालिका-२, दर्लिङ दोस्रो भएको आयोजक क्लबका अध्यक्ष दिपेन्द्र घर्तीले जानकारी गराउनु भएको छ।

कार्यक्रमको सञ्चालन सरला श्रीस, यमलाल अर्याल र ज्ञान बलामीले गर्नुभएको थियो। यो खबर हाम्रा सह-सम्पादक गिरीजा कुँवर साथमा युद्धवीर प्रतेलले पठाउनु भएको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया