Smoking Causes Cancer

आठौँ मालिका पुर्णिमा मेला सुरु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

विष्णु प्रसाद आचार्य, मुसिकोट: आठौँ मालिका पुर्णिमा मेला २०७९, खुल्ला अन्तर पालिका वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता एवम विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ।

मुसिकोट-६ स्थित कुर्घाको मालिका मन्दिर परिसरमा भैरहेको ‘कुर्घा मालिका जाऔँ, मालिका माताको दर्शन गरि पुण्य कमाऔं’ भन्ने नाराका साथ बुधबारबाट कार्यक्रम सुरु भएको हो। कार्यक्रम २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

कुर्घाको शान मालिकाको पहिचान भन्ने उद्देश्यकासाथ सुरु गरिएको मेलामा विविध सास्कृतिक कार्यक्रम खुल्ला भलिबल तथा राष्ट्रीय कलाकारको प्रस्तुति रहने मालिका पुर्णिमा मेला मुल समारोह समितिले जनाएको छ।

सिंचाई
Forest
Ad.

भलिबल अन्तरगतका खेलहरु शुक्रबारबाट सुरु भएका र अहिलेसम्म भलिबलका ३ वटा खेलहरु सम्पन्न भएका छन। शनिबार बिहानैदेखि खेल सुरु हुने कुर्घा नि मा वि का शिक्षक आदित्य चालिसेले बताउनुभएको छ।

भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ५७ हजार, कप मेडल र प्रमाणपत्र त्यस्तै द्वितिय पुरस्कार ३७ हजार कप मेडल र प्रमाणपत्र रहेको छ। मेलामा कलाकारहरु रेशम निर्दोश, सुमन थापामगर, ओम सेन्चुरी, धनमाया राना लगायतको प्रस्तुति रहने हुकुम थापाले जानकारि दिनुभयो।

कार्यक्रमको प्रमुख अतिथि मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माको रहेको थियो, कार्यक्रमको संयोजक प्रेम बहादुर रायमाझीको सभापतित्व र सन्चालन समाजसेवी दीपक थापाले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया