Salime Malika Krishi Farm

Awareness Campaign

दुर्घटनामा दिवङ्गत दिदीभाईको सम्झनामा परिवारद्वारा झण्डै ११ लाखको अक्षयकोष स्थापना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गत भाद्र १२ गते बुटवल मोटरसाइकल दुर्घटनामा परी दिवङ्गत भएका १३ वर्षिय समिक्षा खराल र ७ वर्षिय सुप्रीम खरालको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरा निवासी हजुरबुवा वेदप्रसाद खरालले महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा पाँच लाख, पाँच सय पचपन्न, रुद्रावती बहुमुखि क्याम्पसमा पाँच लाख पाँच सय पचपन्न र जनज्योति प्राथमिक विद्यालयमा असी हजार पाच सय पचपन्न गरी जम्मा दश लाख एकासी हजार ६ सय पैसठ्ठी बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ।

नविन खराल र श्रीमती कमला खरालका जम्मा २ सन्तान थिए दुवै सन्तान गत भाद्र महिनाको १२ गते बुटबलमा भएको मोटरसाइकलमा दुर्घटनामा परि ज्यान गुमाएका थिए।

सिंचाई
Forest
Ad.

ज्यान गुमाएका दुबै दिदीभाइका हजुरबुवा बेदप्रसाद खरालले महेन्द्र आदर्श नमुना मा वि, रुद्रावति बहुमुखी क्यापसमा बुधबार र जनज्योति प्रा बि मा बिहिबार अक्षयकोष स्थपनाका लागि चेक उपलब्ध गराउनुभएको थियो।

यो पनि: सडकमै विलिन भए नविन र कमलाका सुन्दर सपना

खराल परिवारले यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्दिका लागि आफ्नो सानो सहयोगले ठुलो भुमिका खेल्ने अपेक्षा गरेको छ। अक्षयकोषको ब्याजबाट प्राप्त रकमले विद्यालयले विद्यालयको शैक्षिक गुणस्तरमा रकम खर्च गर्नेछन।

बिहिबार जनज्योति प्राबिमा रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम खरेलको अध्यक्षता, वडानम्बर ७ का वडा सदस्य लक्ष्मण प्रसाद खरालको प्रमुख आतिथ्यता रहेको थियो। विद्यालयले दुखद क्षणमा पनि सामाजिक भावनाले शैक्षिक सस्थालाइ सहयोग गर्दै अक्षयकोष स्थापना गर्ने खराल परिवारलाइ धन्यवाद दिएको थियो।

Awareness by SKF

कार्यक्रममा समाजसेवि पण्डित शालिकराम सापकोटा, प्रधानाध्यापक सुमित्रा भण्डारी र वडासदस्य लक्ष्मण प्रसाद खरालले आफ्ना भनाइहरु राख्नुभएको थियो भने सन्चालन शिक्षक विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो। -नव खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया