Smoking Causes Cancer

श्रीमतीको हत्या गरी झुण्ड्याएको अभियोगमा गुल्मीका एक युवा पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

ललितपुर: आफ्नै श्रीमतीको हत्या गरी झुण्ड्याएको अभियोगमा गुल्मीका एक युवा पक्राउ परेका छन्। २८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा उनका श्रीमान ललितपुर महानगरपालिका-२५, नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ का २९ वर्षीय राम कुमाललाई प्रहरीले पक्राउ गरेको छ।

वसन्तीको कात्तिक १२ गते साँझ झूण्डिएको अवस्थामा शव फेला परेको घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो। उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया