हुकुम थापा, गुल्मी: आँपचौर युवा समाज गुल्मीद्वारा खेलिएको देउसीभैलो कार्यक्रमबाट उठेको केहि रकम विद्यालयमा अक्षयकोष खडा गरिएको छ।
देउसीभैलो खेलेर उठेको २ लाखभन्दा बढि रकम मध्येबाट मुसिकोट नगरपालिका ५ आपचौरस्थित दुर्गाभवन माध्यमिक विद्यालयमा एकाउन्न हजार एक सय एकाउन्न बराबरको अक्षयकोष खडा गरिएको छ।
अक्षयकोषको ब्याज रकमबाट प्राप्त हुने रकमले उक्त विद्यालयबाट एस इ इ मा उत्कृष्ट हुने २ जनालाइ रकम प्रदान गर्ने गरि कोष स्थापना गरिएको देउसी भैलो सम्योजक सन्दिप जिसीले बताउनुभयो ।
आपचौरमा रहेका सबै क्लवको सामुहिक प्रयासमा एकताबद्द भएर उक्त कार्यक्रम गरिएको आर्थिक सम्योजक गोकर्णराज खरेलले बताउनुभयो।
सानासाना समुह बनाएर देउसीभैलो खेल्ने र उठेको रकम सदुपयोग नहुनेजस्तो समस्या आउने भएकोले यसरी क्लवको सकृयतामा सामाजिक काम गर्न पाउदा आफुहरु खुसी भएको र यो आउदो पुस्तालाइ पनि सन्देस हुने भएकोले यसो गरिएको कार्यक्रम सन्चालक सुमन खरेलले बताउनुभयो ।
प्रत्येक वर्ष पुरस्कार वितरण हुने भएपछि विद्यालयका विद्यार्थीमा पनि प्रतिस्पर्धाको भावना बढेर शैक्षिक उपलब्धि बढ्ने भन्दै भैलो समुहलाइ विद्यालयले आभार प्रकट गरेको छ ।
देउसीभैलो कार्यक्रममा सहयोग गर्ने सबैलाइ भैलो समुहले आभार पकट गरेको र विशेष सहयोग गर्ने । चन्द्र खरेल,राजेश गुरुङ,गणेश थापा,राजन गुरुङ,बिरबल गुरुङ लगायतलाइ उच्च सम्मान गर्न चाहेको युवा समाजले जनाएको छ ।
देउसीभैलोलाई सभ्य, भव्यताका साथ सम्पन्न गर्नको निम्ति नवीन खरेल , रामु बि सी, ओम सेन्चुरी, होम सुनार, रवि भट्टराइ, रवि गुरुङ,रेशम गुरुङ, यादव गैरे, सोभा बि क, दुर्गा काफ्ले प्रेम खरेल, मन्जुसा खरेल, पुनमखरेल सुदिप खरेल लगायत अन्य उपस्थित सम्पुर्ण आपचौरबासी युवा महिला दिदीबहिनीहरुको सकृय सहभागिता रहेको र अहोरात्र खटेको क्लवले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










