Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा ‘हेभिवेट’को प्रतिस्पर्धा: गोकर्ण र प्रदिपलाई डर, रामकुमारी र चन्द्रलाई गठबन्धनको भर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

 प्रेम सुनार, गुल्मी: गुल्मीमा यतिबेला राष्ट्रिय राजनीतिमा ‘हेभिवेट’ मानिएका चार जना नेताहरू सङ्घमा र प्रदेशमा पनि त्यति कै प्रभावशाली नेता चुनावी मैदानमा छन्। क्षेत्र नम्बर १ बाट संघतर्फ नेकपा एमाले उपमहासचिव प्रदिपकुमार ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी प्रतिस्पर्धामा छन्।

यता क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट हिजो आफैलाई जिताउने चुनावी अभियानकी कमान्डर नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसँग चुनावी मैदानमा छन् । यसर्थ पनि गुल्मी २ को चुनावी परिणाम थप रोचक बन्ने छ ।

गत स्थानीय तह निर्वाचनमा पालिका प्रमुखहरूले प्राप्त गरेको मत संख्यालाई आधार मान्ने हो भने गुल्मीका दुई वटै क्षेत्रमा एमाले उम्मेदवारहरूलाई विगतमा जसरी चुनाव जित्न सहज छैन ।

सिंचाई
Forest
Ad.

दुबै क्षेत्रमा बाम(लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ । १२ स्थानीय तह मध्ये सत्ता गठबन्धनले एक र एमालेले एक नगरपालिका जितेका थिए । १० गाउँपालिकाहरूमा एमालेले जम्मा दुई वटा र ८ वटा गाउँपालिका सत्ता गठबन्धन दलहरू मिलेर जितेका थिए।

यस्तो छ क्षेत्र नम्बर १ को अवस्था

क्षेत्र नम्बर १ को सत्यवती र छत्रकोट गाउँपालिका एमालेले जितेको थियो । चन्द्रकोट, रुरुक्षेत्र, धुर्कोट र मालिका सहित चार गाउँपालिका प्रमुख पद गठबन्धनको सहयोगमा माओवादी केन्द्रले जितेको थियो । कालिगण्डकी , गुल्मीदरवार, इस्मा र मदानेसहित ४ गाउँपालिका कांग्रेसले जितेको थियो ।

त्यतिबेला गठबन्धन र एमालेका पालिका प्रमुखका उम्मेदवारहरूले पाएको मत जोड्दा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनले रेसुङ्गा नगरपालिका बाहेक प्रमुख पदमा ३५,०५२ मत प्राप्त गरेको देखिन्छ। त्यसै एमालेले पनि रेसुङ्गा नगरपालिका बाहेक ३०९१९ मत प्राप्त गरेको देखिन्छ।

Awareness by SKF

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले १२९४ मतान्तरले एमालेका उम्मेरवार राजेन्द्र प्रसाद पाण्डेलाई पराजित गरेको भएपनि त्यस पालिकाका ८ वटा वडा क्षेत्र नम्बर १ मा र ६ वटा वडा क्षेत्र नम्बर २ मा परेको छ ।

जसअनुसार कांग्रेस सहितको गठबन्धनले रेसुङ्गा नगरपालिकाको ८ वटा वडाबाट ४९१२ मत पाएको छ । एमालेले ४५०५ मत पाएको छ । त्यो जोड्दा गठबन्धनले गएको स्थानीय तह चुनावमा क्षेत्र नम्बर १ बाट कुल ३९,९६४ मत प्राप्त गरेको देखिन्छ । त्यस्तै एमालेले ३५,४१७ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।

यस हिसाबले क्षेत्र नम्बर १ मा एमाले भन्दा गठबन्धन ४५४७ मतले अगाडि देखिन्छ । त्यसका अलावा कालिगण्डकी गाउँपालिका वडा नम्बर –६ खड्ककोट बाहेक अन्य सबै वडामा माओवादी र एमालेको गठबन्धन बनेको थियो । माओवादीको त्यहाँ करिव १५ सय मतको आँकलन सो पार्टीले गरेको छ । त्यस्तै सत्यवती गाउँपालिकामा ३ वटा वडामा मात्रै कांग्रेस माओवादी लगायतका दलहरूको गठबन्धन भएको थियो।

ती पालिकाका माओवादी मत अहिलेको सत्ता गठबन्धनलाई आए ६ देखि ७ हजार बढि मत संख्याले सत्तागठबन्धन अगाडि देखिन्छ । यो क्षेत्रको प्रदेश १ मा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बराल मगर छन् । उनका प्रतिस्पधी नेकपा एमालेका गाउँ नेता चिन्तामणि पाण्डे छन् । यता प्रदेश २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता धनेन्द्र कार्कीसँग एमाले नेता फर्शुराम पाण्डे प्रतिस्पर्धामा छन्।

गुल्मी क्षेत्र नं. २

गुल्मी–२ का ६ वटा पालिकाहरु म्धये २०७४ को स्थानीय निर्वाचनमा एक नगरपालिका सहित ५ वटा पालिका जितेको एमालेले २०७९ को स्थानीय निर्वाचनमा आई पुग्दा जम्मा एउटा मुसिकोट नगरपालिकामा मात्रै जित हासिल गर्यो।

एमालेको किल्ला मानिएको नेता गोकर्ण विष्टको गृहपालिका ईस्मा समेत हार्नुले एमालेले ठुलो धक्का ब्यहोरेको थियो । ८ वटा वडा रहेको मालिका गाउँपलिकामा प्रम्ुख उपप्रमुख सहित ७ वटा वटा जितेको एमालले गएको चुनावमा एउटा वडा सदस्य समेत जित्न नसकी निल बन्यो।

मदाने र धुर्कोट सम्ममा उपप्रमुख पद जितेको थियो । धुर्कोटमा भुपाल पोखरेले माओवादीको हँसिया हतौडाले पाएको २५ सय देखि ३ हजार सम्मको मत एमाले मै गन्ने हो भने गुल्मी २ मा रेसुङ्गा नगरपालिका बाहेकका पालिकामा एमाले अगाडि छ ।

जहाँ प्रमुख पदमा एमाले उमेदवारहरूले कुल २८,२६६ मत प्राप्त गरेका छन् । गठबन्धनका उमेदवारहरूले कुल २७३३९ मत प्राप्त गरेका छन् । तर धुर्कोट गाउँपालिमा एमालेको समर्थनमा माओवादीका भुपाल पोखरेल ६०८९ मतले विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका महेन्द्र प्रसाद भण्डारी ४२६१ मत प्राप्त गरेक थिए । तर गाउँपालिका अध्यक्ष पोखरेल न्युनत माओवादीको मत २५ सय एमालेमा घट्दा र गठबन्धनमा बढ्दा रेसुङ्गा नगरपालिका बाहेक एमालेको २५,७६६ मत हुन आउँछ।

त्यस्तै गठबन्धनको २९८३९ मत हुन्छ । यता रेसुङ्गा नगरपालिकाको ६ वटा वडामा एमाले वडाध्यक्षका उमेदवारहरूले कुल ३०७० मत पाएका छन् ।गठबन्धनले ३१३६ मत प्राप्त गरेका छन् । यसरी क्षेत्र नम्बर २ मा एमालेको कुल २८८३६ मत देखिन्छ । त्यस्तै सत्ता गठबन्धनको क्षेत्र नश्वर २ मा कुल मत ३२९७५ रहेको पालिका प्रमुखका उमेदवारहरूले पाएको मतले देखाउँछ।

यस क्षेत्रको प्रदेश १ मा कांग्रेसका प्रभावशाली नेता भुवनप्रसाद श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार हुन । उनीसँग प्रतिस्पर्धा गर्दै छन एमालेका पुराना नेता डिल्लीराज भुसाल । उता प्रदेश २ मा माओवादी केन्द्र गुल्मीका संयोजक तथा प्रचण्डका ज्वाँई बुद्धि जिसी गठबन्धनका साझा उममेदवार हुन्। उनीसँग एमालेका दिनेश पन्थी प्रतिस्पर्धा गर्दैछन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया