Salime Malika Krishi Farm

Awareness Campaign

अब देशकाे व्यवस्था हाेईन, अवस्था परिवर्तन गर्ने बेला आयो: ज्ञवाली



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले अब व्यवस्था हाेईन देशकाे अवस्था बदल्न लाग्नु पर्ने बताएका छन। गुल्मी क्षेत्र नं १ का उम्मेदवार समेत रहनु भएका एमाले नेता ज्ञवालीले चुनावी अभियानका क्रममा आईतवार सत्यवति गाउँ पालिकाकाे अस्लेवा तथा च्यामी क्षेत्रका विभित्र कार्यक्रमहरुमा स्थानीय जनसमुदाय सँग भेटघाट र अन्तरकृया कार्यक्रममा सहभागी हुने क्रममा उक्त कुरा बताएका हुन।

गाउँघरमा भौतिक पुर्वाधारहरु लगभग बनिसकेको अवस्थामा युवालाई कसरी गाउँघरमै स्वराेजगार सिर्जना गरि गाउँमै अड्याउन सकिन्छ भन्ने तर्फ ध्यान जानुपर्ने बताए।

सडक , खानेपानी, विद्युतिकरण शिक्षा, स्वास्थकाे समस्या गाउँघरमा समाधान हुँदै गएपनि गाउँ रित्तिने समस्या बढेकोले गाउँमै राेजगारी सिर्जना गर्ने कुरा अब प्रमुख रहेकाे र गाउँघरमा पुग्दा युवाहरूको माग पनि राेजगारकाे अवसरकाे सिर्जना गर्नु पर्ने रहेकाे समेत बताए ।

सिंचाई
Forest
Ad.

नेकपा एमालेकाे सरकारले स्वराेजगारका क्षेत्रमा गर्न खाेजेकाे काम पनि एमाले सरकारबाट हटेपछि अवरुद्द भएकाे धारणा राख्दै गाउँमै सीप सिकाउँदै युवालाई गाउँमै राेजगारी सिर्जना गर्नु पर्छ भन्नेमा नेकपा एमाले गम्भीर रहेका एमाले नेता ज्ञवालीकाे भनाई थियाे।

चुनावी अभियानमा आफ्नो गाउँ सत्यवती गाउँपालिकाकाे अस्लेवा पुग्नु भएका क्षेत्र १ क का प्रदेशसभा उम्मेदवार चिन्तामणि पाण्डेले युवा स्वराेजगार आफ्नो पहिलो अभिष्ट भएकाे बताए। नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका पाण्डेले जीवनका पछिल्ला दिनहरु समाजसेवामा समर्पित हुने उदेश्यका आफू उम्मेदवार भएकाे र गाउँकाे विकास र समाजसेवा आफ्नो प्रथमिकतामा रहेकाे बताए।

बिहानैदेखि जनतासँग प्रत्यक्ष भेटघाट र अन्तरकृयामा सहभागी हुनु भएका क्षेत्र न १ का सँघिय साँसदका उम्मेदवार रहनु भएका एमाले नेता प्रदिप कुमार ज्ञवाली र क्षेत्र न १ क का उम्मेदवारका चिन्तामणि पाण्डेकाे टाेली सत्यवती गाउँपालिकाकाे धुसेनी, च्यामी,

रामबारी, अस्लेवा चौर र अस्लेवा गाउँमा नेकपा एमाले सत्यवती गाउँपालिकाले आयाेजना गरेका जनभेलामा सहभागी भई अन्तरकृया र भेटघाट कार्यक्रम गरिएको थियाे।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया