गुल्मी: गठबन्धनको तर्फ बाट गुल्मी २ की साझा उम्मेदवार बनेकी राम कुमारी झाँक्रीले गोकर्ण विष्ट प्रति तिखो प्रहार गरेकी छन्।
धुर्कोट गाउँपालिका १ नयाँ गाउँको नेटेकटीरीमा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
आफ्नै पार्टीको सरकार ढलाउने र उहीँ पार्टीमा बसेर अस्थिरताको खेल खेल्ने विष्टलाई किन भोट दिएर जिताउने भन्दै प्रश्न गर्दै झाक्रीले आक्रोश समेत व्यक्त गरिन। गोकर्ण विष्टहरुकै कारण नेकपाको सरकार ढल्नुका साथै एमाले फुटेको आरोप समेत झाक्रीले लगाईन।
‘कुनै समय एमाले खराब, केपी ओली खराब भन्दै हिँड्ने विष्ट अहिले त्यहीँ पार्टीमा बसेर एमालेको उम्मेदवार बनेका छन्। अलिकति लाज हुनु पर्ने होइन र?’ भन्दै उनले प्रश्न समेत गरिन।
साथै गोकर्ण विष्टले गुल्मेली जनतालाई पटक पटक ढाटेर बेमाइन गरेको बताउदै इमानदार राजनीति गरेर जनताको मन जित्न उनले सुझाव समेत दिएकी छन्। -गुल्मी अपडेट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






