Salime Malika Krishi Farm

Awareness Campaign

किवीमय बन्दै गुल्मीको भार्सेगाउँ, किवी किसान यम बहादुर भन्छन्, ‘किवी मेरो पेन्सन हो’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: सत्यवति गाउँपालिका-,८ भार्सेका यम बहादुर थापा ५५ बर्षका भए। उनले सात बर्षदेखि किवीको व्यावासायीक उत्पादन गर्दै आएका छन्। थापाले पाँच रोपनीमा एक सय २० बोट किवी रोपेका छन्। घरमा पसल राखेका छन्। किवीले बारी ढाकिएको छ। थापा वडा सदस्य पनि भएकाले सामुदायीक काममा पनि सक्रिय छन्। उनले तीन बर्षबाटै किवी फल्ने भएकाले तीन-चार बर्ष नै भए बेच्न थालेका।

गत बर्ष त्यति फलेन । तर पनि डेढ लाखको किवी बिक्री गरेको थापा बताउँछन् । उनी अहिले १५ क्विन्टल किवी बिक्री गर्ने योजना छन्। थापाका अनुसार एउटै बोटमा ६० देखि ७० किलो फल्छ । साढे दुई सयदेखि तीन सय रुपैयाँमा घरबाटै किवी बिक्री हुने भएकाले बजारको कुनै समस्या नभएको थापाले बताए।

किवीको नर्सरीबाट झन राम्रो आम्दानी
यम बहादुर थापाले तीन बर्षदेखि किवीको नर्सरी सुरु गरेका छन् । नर्सरीबाट झन राम्रो आम्दानी थापाले गरेका छन् । उनले गत बर्ष डेढ लाखकका बिरुवा बेचे । बिरुवाको माग जिल्लासंगै बाग्लुङ्गमा छ । उनको नर्सरीमा अहिले दुई हजार पाँच सय किवीका बिरुवा छन् । प्रति बोट साढे तीन सयमा बिरुवा बिक्री गर्छन् । किवीका बिरुवा बिक्रीबाटै करिव नौ लाख आम्दानी हुने थापाले बताए । हेवार्डसंगै रेड किवीको बिरुवा थापाले उत्पादन गरिरहेका छन् । उनले आफ्नैमा उत्पादन भएको किवीको फलबाट नर्सरीमा बिरुवा उत्पादन गर्ने गरिएको बताए । पहिले किवीको बिरुवा खरिद गर्न झापा पुग्नु पर्थ्यो।

सिंचाई
Forest
Ad.

५० हजारको खाद्यान्य नहुने बारीमा लाखौँको किवी
यम बहादुर थापाले अहिले किवी रोपेको बारीमा पहिले गहुँ, मकै र भट्ट रोप्थे । लेक भएकाले बढिमा तीन जातका खेती बर्षमा हुन्थ्यो । त्यो माथि बाँदर, बँदेल र चराचुरुङ्गीबाट जोगाउन मुस्किल पर्थ्यो। बर्षमा सवैतिरबाट जोगिए ५० हजारको समेत खाद्यान्य उत्पादन हुन्थेन । तर, किवीबाट थापाले बर्षमा दशदेखि १५ लाख आम्दानी गर्छन् । सिजनमा आठ÷दश जनाले काम पाउँछन् । बाँदर र बँदेलको चिन्ता भएन । उनले बिस्तारै किवी बिस्तारको योजना पनि बनाएका छन् । ‘मैले सवै थोक त्यागेर किवी खेती गरेको छु । हावापानी हेरेर किवी रोपे पेन्सन हो,’उनले भने,‘सुरुको बर्ष लगानी गरेपछि बर्षौ उत्पादन दिन्छ।’

गाउँभरी किवीको खेतीको लहर
सत्यवति गाउँपालिका ८ भार्सेमा किवीको लहर चलेको करिव एक दशक भए । अहिले लगभग सवैले किवी रोपेका छन् । त्यो बाहेक समुहमा पनि किवी रोपिएको छ। ठुलोपोखरी कृषी समुहमा ३० जना छन् । यो समुहले आठ बर्षदेखि किवी उत्पादन सुरु गरेको छ । ठुलोपोखरी कृषी समुहले दुई सय ७५ बोट किवी रोपेका छन् । समुहका सदस्य धन बहादुर काउचाका अनुसार सुरुमा बिरुवा, तारपोल खरिद गर्ने, खाडल खन्ने र बिरुवा रोप्ने गर्दा एक बोट बराबर पाँच हजार लगानी हुन्छ।

Awareness by SKF

समुहले बार्षिक ५० हजारमा जग्गा भाडामा लिएको छ । गत बर्ष समुहका एक जनाको भागमा एक सय ४१ किलो परेको काउचाले बताए । अहिले ३०/३५ क्विन्टल उत्पादन हुने समुहले अनुमान गरेको छ । सुरुका बर्ष हुर्काउन, मल र पानीको व्यवस्थापनसंगै काँटछाँट गर्नुपर्छ। बर्षमा दुई पटक काँटछाँट गर्नुपर्ने काउचाले बताए।

भार्सेकै अर्कुल किवी समुहले पनि एक सय बोट किवी रोपेको छ । समुहका सदस्य कुल बहादुर छन्तेलका अनुसार १५ जनाको समुहलेगत बर्ष सात क्विन्टल किवी बेचे । अहिले १२ देखि १५ क्विन्टल बिक्री गर्ने योजना रहेको छन्तेलले बताए । समुहले बर्षमा एक हजार दुई सय रुपैयाँमा जग्गा भाडामा लिएको छ । मकै भट्ट र कोदो भन्दा राम्रो आन्दानी किवीबाट प्राप्त भएको छ। उनले भार्से गाउँमा कम्तिमा १० बोट किवी अधिकांश घरले रोपेको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया