अनिल खत्री, गुल्मी: मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिस्पर्धी उम्मेदवार बनेका छन्। गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बिच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिस्पर्धा हुदै आएको हो।
तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागी २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो । त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसाल बिच प्रतिस्पर्धा भएको थियो।
०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए । अहिले फेरि एउटै पदमा प्रदेश सभा निर्वाचनमा भुसाल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा हुँदैछ । यसरी पटकपटक एउटै पदमा एउटै प्रतिस्पर्धी हुँदै आएका छन्।
दुवै जना रेसुङ्गा नगरपालिका वडानम्बर १ निवासी हुन् । यसपटक कांग्रेसले गठबन्धन गरेको छ भने एमाले उक्त क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धामा छ । २०४९ सालदेखि स्थानीय निकायमा जनप्रतिनिधी भएका काम गरेका श्रेष्ठ र ०७४ सालमा नगरप्रमुख भएर काम गरेका भुसाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
दुबै उम्मेदवारको जनप्रतिनिधि भएर काम गरेको अनुभव रहेको छ । दुबै उम्मेदवार आफ्ना चुनावी प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







