Salime Malika Krishi Farm

Awareness Campaign

इतिहास रच्ने दाउमा झाँक्री, गुल्मी-२ बाट पहिलो प्रत्यक्ष महिला उम्मेदवार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: मुलुकमा विभिन्न काल खण्डमा , विभिन्न समयमा निवार्चन भए। कुनै निवार्चन पञ्चायती सरकारले गराए भने कुनै निवार्चन जनता बाट छानीएका प्रतिनिधिले पनि गराए ।

२००७ सालमा मुलुकमा प्रजान्तत्र स्थापना भए पनि प्रजातन्त्र सहि ढंगले टिक्न सकेन राजाहरुले प्रजातन्त्र माथि पटक पटक आक्रमण गरी शासन सत्ता आफ्नै हातमा लिने प्रयास गरे फलस्वरुप धेरै समय प्रजातन्त्र प्राप्तीको लडाईहरुमा मात्रै खर्चिनु पर्यो ।

२०४६ सालको जनआन्दोलनले मुलुकलाई बहुदलिय व्यवस्थामा फर्कायो र विस्तारै थोरै धेरै भए पनि जनताका हक अधिकार स्थापित हुदैं गए। जनताले निवार्चन मार्फत आफै आफुलाई मन परेको दलको उम्मेदारलाई चुन्न पाउने भए।

सिंचाई
Forest
Ad.

२०४६ पछि पनि देशमा ६ वटा निवार्चन सम्पन्न भए भने सातौ निवार्चन रुपमा आगमी मंसिर ४ गते हुदैं छ र यो निवार्चन विशेष गरी गुल्मी २ बाट गठबन्धनकी साझा उम्मेदार बनेकी युवा नेतृ रामकुमारी झाँक्रीका लागी एउटा ईतिहास रच्ने अवसर बन्न सक्ने आँकलन गरिएको छ ।

यसरी हुन सक्ने छ झाँक्रीलाई इतिहास रच्ने अवसर:

गुल्मीको निवार्चनको बारेमा चर्चा गर्दा रामकुमारी झाँक्री गुल्मी पश्चिम अर्थात साविकको क्षेत्र नम्वर तीन तथा अहिलेको क्षेत्र नम्वर २ बाट प्रत्यक्ष चुनाव लड्ने पहिलो महिला उम्मेदार हुन् । यस कारण उनले निवार्चन जिते पनि हारे पनि एउटा ऐतिहासिक रेर्कड राखी सकेकी छन् । काँग्रेस नेता त्रैलोक्य प्रताप सेन भन्नु हुन्छ हाम्रो क्षेत्रमा पहिलो प्रत्यक्ष महिला उम्मेदार रामकुमारी झाँक्रीनै हुन, कुनै निवर्चानमा कहीं कसैले केही प्रयोजनको लागी महिला उठाएको पनि हुन सक्छ तर विशेष गरी ठुला दलले चुनाव जित्ने गरी उठाएको महिला उम्मेदार रामकुमारीनै हुन् ।

२०५६ र २०६४ मा गुल्मी निवार्चन क्षेत्र नम्वर एक बाट काँग्रसले सुर्वण ज्वारचनलाई उठाए पनि गुल्मी पश्चिम बाट कुनै दलले महिला अगाडी सार्न सकेका थिएन् । यस क्षेत्र बाट २०४८ को चुनावमा एमालेका टंक पोख्रेललाई पराजित गर्दै काँग्रेसका रुद्रमणी भण्डारी विजयी भएका थिए भने २०५१ मा भएको मध्यावधी निवार्चनमा उनै टंक पोख्रेलले रुद्रमणी भण्डारीलाई पराजित गरेका थिए । २०५६ मा भएको निवार्चनमा काँग्रेसका त्रैलोक्य प्रताप सेनलाई पराजित गर्दै एमालेका गोर्कण विष्ट विजयी भएका थिए ।

Awareness by SKF

२०६४ सालमा एमालेका विष्ट , काँग्रेसका सुरेश चन्द्र भुसाललाई पराजित गर्दै माओवादीका चन्द्र थापा सागर विजयी भएका थिए । २०७० मा भएको निवार्चनमा काँग्रेसका त्रैलोक्य प्रताप सेन, माओवादीका बामदेव गिरीलाई पराजित गर्दै एमालेका गोर्कण विष्ट विजयी भएका थिए । २०७४ सालमा संयुक्त बाम गठबन्धनका उम्मेदार गोर्कण विष्टले काँग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए । अहिले २०७९ सालको निवार्चनमा कुनै समय एकै पार्टीमा बसेर काम गरेका एमाले सचिव गोर्कण विष्ट र एकिकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्री भिड्दै छन् ।

२०३४ सालमा अहिलेको मदाने गाउँपालिका म्यालपोखरीमा साधारण परिवारमा जन्मेकी झाँक्री निडर, हक्की तथा शसक्त राजनितिककर्मीका रुपमा परिचत छन् । उनको उम्मेदारीलाई गुल्मी २ का महिलाहरुले उत्सवका रुपमा लिएका छन् । मालिका गाउँपालिका ८ की पुनम अर्याल भन्नु हुन्छ पहिलो पटक महिला उम्मेदारलाई भोट हान्ने सुनौलो अवसर पाएका छौं यो अवसर कुनै पनि हालतमा गुमाउन चाहदैनौं । अर्याल मात्रै होईन सिंगो गुल्मी २ का महिलाहरु हौसिएका छन् भने झाँक्रीको चुनावी माहोल पनि तात्दै छ।

यता एमालेका उम्मेदार गोर्कण विष्ट पनि कम्जोर उम्मेदार होईन गुल्मी पश्चिममा एक छत्र राज गरेका विष्ट संग चुनाव जितेका हारेका दुवै अनुभव छन् । तर पनि यो पटक गठबन्धनकी साझा उम्मेदार झाँक्री विष्टका लागी भारी बन्ने छन्।

गठबन्धन बलियो कि एमाले?

भर्खर सम्पन्न भएको स्थानीय तहको निर्वाचनको वडा अध्यक्षको मत परिणाम हेर्ने हो भने एमालेको भन्दा गठबन्धनको मात्रै एक हजार पाँच सय चार मत धेरै छ । एमालेको ३० हजार आठ सय ७२ मत हुदाँ गठबन्धनको ३२ हजार तीन सय ७६ रहेको छ । तर यसलाई सहि ढंगले विष्लेषण गर्दा एमाले भन्दा गठबन्धन झण्डै पाँच हजार मतले अगाडी रहेको आँकलन गरिएको छ । किनकी माओवादीको बलियो जनाधार रहेको धुर्कोटमा एमाले संग तालमेल भएको थियो।

माओवादीले पाएको वडा नम्वर एक र चारमा माओवादीका उम्मेदारले सुर्य चिन्ह लिएर चुनाव लडेका थिए त्यसकारण पनि सुर्य चिन्नहको मत अलि धेरै देखीएको गठबन्धनका नेताहरु बताउछन् ।

धुर्कोट माओवादीको पकट क्षेत्रका रुपमा मानिन्छ । एक हजार दुइ सय २१ जना पार्टी सदस्य रहेको धुर्कोटमा, चर्चीत युवा नेता तथा त्यहाँका गाउँपालिका अध्यक्ष भुपाल पोख्रेललको छुट्टै प्रभाव छ यसले गर्दा पनि गठबन्धनलाई थप बल पुराएको छ।

झाँक्री र विष्ट दुवै ईतिहास रच्ने दाउमा छन् पहिलो पटक प्रत्यक्ष उम्मेदार बनेकी झाँक्रीले गुल्मी २ बाट निवार्चन जितेर इतिहास रच्ने दाउमा छिन् भने एमालेका उम्मेदार विष्ट पनि लगातार तीन पटक निवार्चन जितेर ह्याट्रीक गर्दै इतिहास रच्ने दाउमा छन्। – गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया