Salime Malika Krishi Farm

Awareness Campaign

कार्तिक ५ गते वामीमा वृहत सांगीतिक मेला हुँदै: दर्जनौँ कलाकारले प्रस्तुती दिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: यही कार्तिक ५ गते गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार बजारमा वृहत सांगीतिक मेला हुने भएको छ। जिटिभी नेपाल अनलाईन सुचना केन्द्र मुसिकोट नगरपालिका २ गुल्मीको आयोजनामा कला संस्कृतिको प्रवर्द्धन संगै रमाईलो एवम् मनोरञ्जनात्मक कार्यक्रम हुने भएको हो।

वामीटक्सार बसपार्क स्थित निर्माणाधिन स्मार्ट पार्कमा आयोजना हुने कार्यक्रममा भजन सम्राट एवम् चर्चित लोकदोहोरी गायक रेशम सापकोटाको साथमा अन्य दर्जनौँ राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने जिटिभि नेपाल अनलाईन सुचना केन्द्रका अध्यक्ष दिपक नेपालीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बाल गायिका रविना बसेल, बाल गायक सचिन परियार, लोक दोहोरी गायक ओम सेञ्चुरी, कपिल मगर, सिमा थापा र रिओ छमछमीका सेकेण्ड रनर अप एवम् डान्सिङ स्टार नेपालका फस्ट रनर अप शेखर घर्ती मगरको समेत प्रस्तुती रहनेछ। त्यस्तै कार्यक्रममा अन्य स्थानीय कलाकारहरुले समेत आफ्नो सांगीतिक प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने नेपालीले बताउनुभयो। त्यसका साथै सोही कार्यक्रममा खुल्ला रेकर्ड डान्स प्रतियोगीता समेत आयोजना गरिएको छ।

रेकर्ड डान्स प्रतियोगीतामा प्रथम हुनेले नगद रु ८ हजार र प्रमाणपत्र, द्धितिय हुनेले नगद रु ५ हजार र प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला रेकर्ड डान्स भएकाले नृत्यमा ईच्छुक जुनसुकै व्यक्तिले भाग लिन सक्ने आयोजकले जानकारी दिएको छ‍।

सोही अवसर पारेर समाजसेवी, स्थानीय कलाकार एवम् पत्रकार सम्मान समेत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया