Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा गठबन्धनको चुनावी बैठक सम्पन्न



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका दुईवटै प्रदेशमा चुनावी बैठक सम्पन्न भएको छ। प्रदेश ‘क’ को बैठक इस्मा गाउँपालिकाको झरना र ‘ख’ को बैठक मालिका गाउँपालिकाको सिमलटारीमा सम्पन्न भएको हो। बैठकले दुवै प्रदेशमा आवश्यक पालिकास्तरका निर्वाचन परिचालन कमिटी गठन गरेको छ। दुवै बैठकमा एकीकृत समाजवादीकी सचिव एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यता रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले गुल्मीको विकासका लागि पहिलेदेखि नै गठबन्धनका दलहरुबीच सहकार्य भइरहेको बताइन्। ‘पानी परे बत्ति नआउने, सडक बन्द हुने, टेलिफोन बन्द हुने लगायतका समस्या जिल्लाबासीले खेप्नुपरेको छ।’ झाँक्रीले भनिन्, ‘यस्ता समस्या अन्त्य गर्न हामी गठबन्धन बनाएर निर्वाचनमा होमिएका हौँ ।’ काँग्रेस लुम्बिनी प्रदेश उप-सभापति समेत रहेका गुल्मी २ ‘क’ का उम्मेदवार भुवन प्रसाद श्रेष्ठले स्थिर सरकार निर्माण र विकासलाई तिव्रता दिनका लागि गठबन्धनले जित्नु आवश्यक रहेको बताए।

काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले बागी उम्मेदवारी दिएका डाक्टर दामोदर भुसाललाई पार्टीले कारवाही गरेकोले अब कोही पनि बागी उम्मेदवार नभएको बताए। माओवादी केन्द्रका जिल्ला संयोजक एवम् प्रदेश ‘ख’ का उम्मेदवार बुद्धि जिसीले माओवादीको उम्मेदवार नभएको क्षेत्रमा गठबन्धनकै उम्मेदवारलाई माओवादी सम्झिएर मत दिन र निर्वाचन प्रचारमा लाग्न कार्यक्रताहरुलाई निर्देशन दिए। बैठकमा सम्बन्धित पालिकास्तरका कमिटीका पदाधिकारीहरु, गठबन्धनसम्बद्ध दलहरुका भातृ संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया