Salime Malika Krishi Farm

Awareness Campaign

संविधानको रक्षा गर्न गठबन्धन: नेता भण्डारी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मी निर्वाचन क्षेत्र नम्बर एकका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संविधानको रक्षा गर्नका लागि गठबन्धन भएको बताएका छन्।

निर्वाचन क्षेत्र नम्बर एकको संयुक्त गठबनधन निर्वाचन परिचालन समितिको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै भण्डारीले संविधानको रक्षा गर्नका लागि अहिलेको गठबन्धन भएको दाबी गरेका छन्।

सिंचाई
Forest
Ad.

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता भण्डारीले संविधान माथि पटक-पटक आक्रमण गर्ने र संविधान विपरीत काम गरेकाले गठबन्धन भएको दाबी बतए।

गुल्मी क्षेत्र नम्वर एकको सम्रग बिकास गर्न र नमूना गुल्मी जिल्ला बनाउनका लागि गठबन्धनलाई जिताउनका लागि भण्डारीले आग्रह गरे।

केपी ओलीको अंहकारका कारण गठबन्धन: सुदर्शन बराल

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केपी ओलीको अंहकार र स्वच्छचारीका कारण र प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि गठबन्धन भएको बताए।

Awareness by SKF

अहिले यो उ भन्दा पनि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न सकिने भन्दै दाँया बाँया नगरी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरे ।

आफूले यो समयमा गरेका प्रतिबद्धताहरुलाई अक्षरसह पालना गर्ने भन्दै युवाहरुको मनोभावनालाई बुझेर अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।

सोही प्रदेशको २ का उम्मेदवार धनेन्द्र कार्कीले यस क्षेत्रको विकासमा आफूले समय खर्चिने भन्दै काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे।

यस निर्वाचन क्षेत्रको प्रतिनिधि सभाका लागि नेकपा एमालेका प्रदीपकुमार ज्ञवाली र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हुँदैछ। -खबर मार्केट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया